कठै हाम्रा युवा

(Picture Source: Click Image)

कठै नेपाली युवा। भोका यी पेलिएका छन, प्रताडित छन, पिल्सिएका छन। हरेक मुहारमा क्रान्तिको झल्को, हरेक मुद्रामा छट्पटीको विम्ब। निस्सासिएका आवाजहरुको निकास खोज्दा-खोज्दै थकित छन, चकित छन। ७-८ कक्षा पढ्दा जुर्मुराएका देशप्रेमका भावना, अनि ११-१२ कक्षामा बुनेका संसार जित्ने अभिलाषा स्नातक सकिँदा-नसकिँदै तुहिने त्रासको औडाहामा कुदाकुद गर्दै छन। सानोदेखि उमारिएका, हुर्काइएका सपनाका कल्पवृक्षहरु काटिएर, कुल्चिएर सकिने भयले निर्जीवसरी छन। बनेको, अनि बनाउन खोजेको तिनै स्वर्णिम सपना भत्किने डरले जे भेटिन्छ त्यही समाती बास छोड्दै छन हाम्रा युवा।

सपना बुन्न सिकाउँछ समाजले – डाक्टर, इन्जिनियर बन्ने। पैसा आर्जेको, गाडी चढेको, मान जोडेको मीठा तरंगमा भुल्न सिकाउँछ पनि। परिवारको छहारीमा हुर्केका, समाजले आकर्षक भविष्य देखाएर पुल्पुल्याएका युवाहरु तब आतिन्छन जब देखाइएका सपना र बितिरहेको वर्तमानबीच कहालीलाग्दो खाडल भेट्छन। पढाइ सक्छन, अनि होमिन्छन सरकारी/निजी कार्यबलमा तर काल्पनिक र वास्तविकता दुई ध्रुव हो भनेर अनि मात्र बुझ्छन। खै कहाँ गए खानुपर्ने त्यो जागिर, कमाउनुपर्ने त्यो पैसा, अनि बाँच्नुपर्ने त्यो ऐशको जीवन? विषादयुक्त हाम्रो राजनीतिक प्रणालीमा २ पाइला अघि सर्न प्रतिपालन गर्ने २ हात टाउकोमा हुनुपर्छ भनेर ढिलो बुझ्छन। अनि अताल्लिन्छन। बाँधिएका पशु पनि खान नपाए दाम्लो चुँडाएर बारीमा पुग्छन; यी त महत्वाकांक्षा बोकेका भोका, पिल्सिएका युवा भए। तर दाम्लो चुडाएर बारी पुग्दैमा हरियै घाँस पाइन्छ भन्ने अर्को मिथ्यामा आश गर्ने,  आड पर्ने कठै हाम्रा अबोध युवा।

दिग्भ्रमित पारेर लुटिएका छन यी। किन हो निस्फिक्री लुटाएका पनि छन। तिम्रो वय देऊ; तिम्रो सरलपना देऊ; तिम्रो शिक्षा तिम्लाई के काम, त्यो देऊ; पाउने अवसर छोड; तिम्रो श्रम देऊ; परे माग्छौँ,  ज्यानै देऊ। स्कूलदेखि सिकेको भाषा, गणित, विज्ञान, वाक्पटुता, लिडरशिप सबै अर्पित गराउन बाध्य बनाइन्छन – त्यो देखेको/देखाएको सपना प्राप्तिका लागि होइन, अरुका कुरुप लालसा पूर्तिका लागि। माग्नेले भद्दा अशिष्टताले माग्छन, मागेजति सबै चूपचाप दिन्छन हाम्रा युवा। करिब-करिब पूरै युवाकाल आशमा रल्लाइएका छन यी। अनाहकमा भड्काइएका छन, आपसमा लडाइएका छन, ब्रेनवाश गरेर सिद्धान्त लादिएका छन। पछौटे आशको व्यसन बडो आसक्तिपूर्ण हुँदो हो, त्यसैले न पूच्छर छोड्न सक्छन न त फर्केर टाउकोमा प्रहार गर्न सक्छन। बन्दी यो जीवनबाट अस्थायी मुक्ति पाउनै भए पनि घर छोडेर निस्कन्छन। तर फर्कनुको विकल्प नभएकाहरुलाई थाहा छ, दिग्भ्रमितै रहेर (रहन चाहेर??) अझै लुटाइरहनु पर्ने छ। तैपनि लुटाउनुको शिवाय अरु केहि गर्न नसक्ने अधीनस्थ जीवनमा जकडिएका निष्प्राण हाम्रा युवा।

Picture Source: Click Image

चरम दुरुपयोगका नमूना पनि हुन नेपाली युवा। प्रयोग कहाँ भएका छैनन? — गाउँ-टोलमा मशाल बाल्नु छ कि? २-४ सरकारी भवन जलाउनु छ कि? आफूसरह नीरिह आम जनताको बाइक जलाउनु छ कि? वा अन्य कुनै विध्वंश मच्चाउनु छ? अथवा ‘सफ्ट्कोर’ काममा: स्कूलको परेड खेल्नु छ कि? धर्ना दिनु छ कि? कुनै जिल्ला/बजार बन्द गराउनु छ कि? या ३-४ वटा झ्यालको शिशा फुटाएर थर्कमान पार्नु छ? बाहुबलले ओतप्रोत यिनको माग, दुरुपयोग नाजायज ठाउँ सबैतिर हुन्छ। हुर्कँदा एउटा सपनाको तानाबाना बुनाउन लगाइदिएर पछि वयस्क शक्तिका रुपमा अनुचित प्रयोग गरिएका लाचार जीव हुन हाम्रा नेपाली युवा। ‘सुन्दर शान्त विशाल नेपाल’ पढाएर अशान्त र कुरुप पार्न अभ्यस्त पारिने विवश झुन्ड हुन। उम्रँदा एउटा र उम्रिसकेपछि अर्को चित्र देखाइने कपटी निष्ठाले सिंचित असहाय जमात हुन। गर्नेलाई पाखा, पोस्नेलाई काखा लगाएको देखेर गलित छन यी। गर्नकै खातिर बाहिरिँदा पनि आफ्नो श्रममा कुजातहरुको रजाइँ हेर्न बाध्य सचेत तर निस्सहाय वर्ग हुन हाम्रा युवा।

मानसिक बलात्कार भैसकेको छ यिनको। थमाइएका झूटा आशहरुको माया मारिसकेका छन यिन्ले। जीवनको मज्जा लुट्न खोज्दा उल्टै कुसंस्कारले चूसिएर खोक्रिएका छन। बादलको घेरामा पनि अन्धकार नै देख्न अनुभवी ‘नयाँ पुस्ता’ हुन यी। तैपनि मैले कुरा गरेका युवा हरेक बिहान ऐनामा देखा पर्छन – मनको पीडा लुकाई मुस्कान फ्याँक्ने प्रयासमा, शून्यतामा पनि जीवनको अर्थ खोज्ने क्रममा।

//

Advertisements

6 thoughts on “कठै हाम्रा युवा

  1. Thank you, eknepali! And yes, aamul pariwartan in our vision/thoughts & in our action are needed, which starts from no other than from ourselves. As soon as we (especially the youth) think, & act morally, plenty good things will start to happen. A society/nation where the youth is jaagrit, positive changes will happen for sure. Let’s hope that our youth will realize this soon enough.

    Like

  2. I see nice discussion is going on. First of all I congratulate and thank Prabin for this awesome article.
    Education system in nepal is very poor. Secondly, we need to change our maintality. We never under the value of knowledge and its power. We are limited to the certificate and marks printed. As stated above,our teachers, professor are just the information center but not knowledge. This is what my experince gained during my 18 yrs of education.
    Revising curriculam will not help, definitely in our country. We have been trained with fake consolations. Our vision needs to get changed. Our maintality needs to get changed. Our society reformation is major in nepal. Youth should come up together to change our nation.

    Again, thanks Prabin

    Like

  3. I totally agree with your viewpoints. Especially on the education system in Nepal. Very primitive and outmoded. Students (and teachers alike) only care about getting good marks in exams and once the exams are over, their brains are as good as empty. Education I believe should be more about helping you get out of your frog-well. Our system doesn’t do that. It is more focused in “information input” as Prabin puts it. When in reality, the “input-processing” ability should be the focus rather. Exams should not be about how much you have memorized. In fact it should be more about how much you have learnt to solve the problem. Our system is missing this essence.

    Like

  4. सन्जीव सरलाई मनैदेखि धन्यवाद प्रतिकृयाको लागि।

    उठाउनुभएको शिक्षा प्रणालीको कुरा एकदम जायज हो। हाम्रो देश यति राम्रो, कसैले जित्न नसकेको, पानी र अरु के के मा धनी अरे, सबै मिलेर बसेका, कुनै समस्या नभएका भन्ने भ्राम बाँडिन्थ्यो (विडम्बना, अझै बाँडिन्छन)। यीमध्ये अधिकांश होइन रहेछन भनेर बुझ्न ८ क्लास पनि पुग्नु परेन। जानकारी (information) पढाईन्छ जबकि आवश्यकता ज्ञान (knowledge) को हुन्छ। अनि यस्तो शिक्षामा जब आडम्बर मिसिन्छ, हुर्कँदै गरेका दिमागले के राम्रो सिक्ने? जे देख्छ त्यही टिप्छ। फलत: हामी सबै जाने जस्तो गर्छौँ, गफ आकाश छुने। सिक्न खोज्ने होइन अरुबाट, आफ्नै (कु)विचार लाद्न खोज्ने। मिल्न खोज्ने होइन, एक्लै आँट्ने। ‘हामी’ भन्दा ‘म’ हावी। समस्या टन्नै छन, विकराल छन….. कति कुरा गर्नु समस्याको!? एकैदिन फेरेर फेर्न सकिने कुरा पनि होइनन यी, तर फेरिनु त आवश्यक नै छ।

    तर म एकदम आशावादी छु भविष्यको। अबको १०-१५ बर्षमा शायद अहिलेसम्मकै शिक्षित युवावर्ग कार्यबलमा छिर्ने छ। जसरी भारतको विकास भैरहेको छ महत्वाकांक्षी, शिक्षित युवाको बुइ चढेर, नेपालले त्यसै गर्नेछ भन्ने लाग्छ मलाई। यिन्ले जस्तो शिक्षा-दीक्षा पाए पनि समाज, देश बनाउन एक हुनेछन जस्तो लाग्छ। जब काम गर्नेले काम गर्न थाल्छन, गरेर देखाउँछन, त्यसपछि तपाईँले भन्नुभएका रमितेहरु पनि बाध्य हुनेछन होस्टेमा हैँसे मिलाउन। अहिले त मूर्खहरुको माझमा विद्वान थोरै भएर हो यस्तो देखिएको, जब पढेका बुझेकाहरुको जमात बढ्छ, कतिपय समस्या यत्तिकै हराएर जान्छन भन्छु म। धेरै आशावादी भइस भन्नुहोला, तर एक न एक दिन त कसो चेतना नआउला र; हामी कसो सुमार्गमा नलागौँला र? 🙂

    Like

  5. तपाईंको लेख राम्रो लाग्यो । मेरा हतारका दुई भावना ।

    १. हाम्रो मुख्य समस्या शिक्षा प्रणालीमा छ । हाम्रो शिक्षा प्रणालीले प्रमाण-पत्र दिन्छ, शिक्षा दिँदैन । मानिसलाई सही मानेमा शिक्षित बनाउँदैन । तसर्थ, हाम्रो समाज सतहीपना र आडम्बरबाट ग्रसित छ । हामी ठोस कुरा गर्न जान्दैनौं, चाहाँदैनौ । ठूला कुरामात्र मन पर्छन् हामीलाई । क्रान्तिका कुरा, मुक्तिका कुरा, समानताका कुरा । संसारसँग सम्बन्ध गाँस्न सक्दैनौं हामी । संसारबाट केहि सिक्न सक्दैनौं हामी । सबै दोष हाम्रो शिक्षा प्रणालीमा छ । शिक्षा प्रणालीले समाज र संस्कृतिका विकारहरूलाई चिर्न सक्नु पर्ने तर यसो हुन सकेन । शिक्षा प्रणाली आफैंमा हाम्रो समाज र संस्कृतिको विकारबाट ग्रसित भइदियो ।

    २. तपाईंले राख्नुभएको एउटा फोटोले पूरानो घटना स्मरण गरायो -सन् २००४ तिर त्यतिखेरको ब्लुस्टार होटल (त्रिपुरेश्वर)मा समाजशास्त्री, मानवशास्त्रीहरूको एउटा भेला भएको थियो । उद्देश्य थियो सरकार-माओवादी युद्धलाई कसरी बुझ्ने भन्ने विषयमा छलफल । मैले आफ्नो कार्यपत्रमा माओवादी युद्धको आधार अरू केहि नभएर ‘रमाइलो’ हो भनें । मेरो आशय थियो गरीबी र असमानता आफैंमा युद्धका आधार हुँदैनन् । हुँदा हुन् त माओवादी युद्ध अमेरिकामा पनि हुन्थ्यो र बङ्गालादेशमा पनि । मेरो तात्पर्य थियो, माओवादी युद्धमा संलग्न युवाहरू मुक्तिको रुमानी सपना, टाउकामा बाँध्ने रातो फेटा, जनवादी नाचगान, सामूहिक बसोबास र बन्दुक बोकेर हिँड्न पाउँदाको रमाइलोका लागि युद्धमा होमिएका हुन् । त्यतिखेर एकजना नाम कहलिएका समाजशास्त्री (हाल कुनै जनजाति दलका ठूलै नेता) ले मसँग कडै प्रतिवाद गरे -तँतँममको हदमा ओर्लिएर । मलाई अहिले लाग्दैछ म धेरै गलत रहेनछु ।

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s