इभोलुसनको दृष्टिबाट समाज र राजनीति

“Nothing in biology makes sense except in the light of evolution” भनेर प्रसिद्द जीव वैज्ञानिक डोब्जानस्कीले भनेका थिए। भनाइको मोटामोटी उल्था यो हुन्छ: जीवविज्ञानमा इभोलुसन (विकासक्रम) को नजरबाट मात्र सबै चीजको अर्थ लाग्छ। (नेपाली) समाज, राजनीतिमा घटिआएका, र घटिरहेका जे जति घटना छन सबैलाई इभोलुसनबाट अर्थ्याउन मिल्छ। यी घटनाहरू जति नै अस्थिर लागे पनि इभोलुसनको सिद्धान्तबाट हेर्ने हो भने सबै जायज देखिन्छन भन्ने मेरो मान्यता छ। मान्छे जैविक भएकैले इभोलुसनले मानिसको सोच, र व्यवहार परिभाषित मात्र गरिदिएको छैन, भविष्य पनि पूर्वानुमित गरिदिएको छ। तैपनि निमेष-निमेषमा बदलिने, अति नै तरल लाग्ने हाम्रो सामाजिक र राजनीतिक स्थिति, र युगौँ अचल झैँ रहने, हजारौँ वर्षहरू समग्रमा नहेरी नदेखिने, नबुझिने इभोलुसन बीच के सम्बन्ध? मेरा विचारहरु दुई मुख्य बुँदाहरूमा पेश गर्न चाहन्छु:

Continue reading

Advertisements

तिमी (छन्दात्मक पद्यकविता)

कवि होइन, बन्ने सोख पनि छैन। तर स्कूल पढ्दादेखि नै छन्दमा लेखिएका पद्य कविता खूब मन पर्थे। गद्य मन नपर्ने त होइन तर पद्य बढि मन पर्थे, लयात्मक भएर हुनुपर्छ। विशेषगरी आदिकवि, कवि शिरोमणि र राष्ट्रकविका छन्दात्मक कविता व्यापक रूचिका साथ पढ्ने गरिन्थ्यो ९-१० कक्षाताका। एस.एल.सी सकेको पनि टक्रक्क १० वर्ष भएछ (२०५९ चैत, पनौती सेन्टर)। कति कुरा त बिर्सिसकिएको पनि रहेछ कविताका बारे। त्यसमाथि छन्द, पद्य कविताका थुप्रै नियमहरु छन्, जसमध्ये अधिकांश सम्झनै थिएनन्। यै कविता लेख्न नि कम्ता गाह्रो भएन! तर धन्यवाद पल्लव साहित्यिक प्रतिष्ठानलाई (http://pallawa.com.np/2011/10/छन्दविज्ञान-2/), यथेष्ट जानकारी दिई यो कामलाई अलिकति भए नि सहज बनाउन मद्दत पुर्‍याएकोमा।

Continue reading