तिमी (छन्दात्मक पद्यकविता)

कवि होइन, बन्ने सोख पनि छैन। तर स्कूल पढ्दादेखि नै छन्दमा लेखिएका पद्य कविता खूब मन पर्थे। गद्य मन नपर्ने त होइन तर पद्य बढि मन पर्थे, लयात्मक भएर हुनुपर्छ। विशेषगरी आदिकवि, कवि शिरोमणि र राष्ट्रकविका छन्दात्मक कविता व्यापक रूचिका साथ पढ्ने गरिन्थ्यो ९-१० कक्षाताका। एस.एल.सी सकेको पनि टक्रक्क १० वर्ष भएछ (२०५९ चैत, पनौती सेन्टर)। कति कुरा त बिर्सिसकिएको पनि रहेछ कविताका बारे। त्यसमाथि छन्द, पद्य कविताका थुप्रै नियमहरु छन्, जसमध्ये अधिकांश सम्झनै थिएनन्। यै कविता लेख्न नि कम्ता गाह्रो भएन! तर धन्यवाद पल्लव साहित्यिक प्रतिष्ठानलाई (http://pallawa.com.np/2011/10/छन्दविज्ञान-2/), यथेष्ट जानकारी दिई यो कामलाई अलिकति भए नि सहज बनाउन मद्दत पुर्‍याएकोमा।

यो कवितालाई छन्दमा ढाल्न कैयन ठाउँमा नसुनिएका शब्द प्रयोग भएका छन, तर सबै अर्थ दिने शब्दहरु हुन्। धेरै शब्दहरू www.abui.com बाट सिकेको छु, सापटी लिएको छु। [यो वेबसाइटबारे टुइटर चलाउने क्रममा “Nepali Dictionary @shabdakosh” मार्फत थाहा पाएको हुँ।] छन्दकै लागि भनेर शुद्धा-शुद्धि पनि बिगारिएको छ धेरै ठाउँमा, जानाजान व्याकरण मारेको भने होइन है! कस्तो लेखिएको छ, कस्तो भएको छ, त्यसको निष्पक्ष मूल्याङ्कन गरिदिनुहुनेछ भन्ने आशा छ।

कविताको छन्द शार्दूलविकृडित (गणहरु: मसजसततगु) हो, प्रत्येक हरफ १९ अक्षरका छन। विश्राम १२औँ र १९औँ अक्षरमा (अल्पविरामले छुट्याइदिएको छु, सजिलोको लागि), गाउने प्रयास गर्नुहुन्छ भने। पाउमा भने पटक्कै ध्यान दिएको छैन (आए पो!!)। राम्रै मेहनत परे तापनि यो कविता हल्का ‘तोर्पीच’ भएको छ कि भन्ने डर लागिरहेछ। कृपया मिलाएर पढिदिनुहोला, सुझाव दिनुहोला। धन्यवाद!

[[ सम्पूर्ण महिलाहरुप्रति समर्पित, जो हामी झूसे पुरुषहरुभन्दा कैयन गुणा राम्रा छन् – तनले, मनले ]]

 

तिमी

मायावी सुभगा सुकोमल वया, फकृत कूसूम हौ

वास्ना रञ्जित दिव्य भाव धपकै, झंकृत झंकार हौ

कामुकी लय बारुली कटि धनी, हो दृष्टि अमृत् सरी

फूलेकी कमला सुवर्न चपला, कोपील चन्चल् तिमी  ।। १ ।।

 

मुस्कानै मधुमास लच्कन लती, हेराइ माधुर्य त्यो

आलिङ्गन् रमण बहार छरिने, बोलाइ कोकील त्यो

काया चुल्बुल भङ्गिमा छ विषयी, उत्साहकी मञ्जरी

वात्सल्या सुगमा मिजास विनिता, वैँशालु देवी तिमी  ।। २ ।।

 

रूपाली चल कामिनी नयनका, वाण तुणीरै कनै

सारा भाव चिरिक्क भो मुटु फुटो, कैयन् धुजामा कठै

स्वप्नीमा ललिते चुमी अधर यी, दिन्छ्यौ मिठा तिर्सनी

सम्भ्रमी सरहै परान भइगो, दोषी निठूरी तिमी  ।। ३ ।।

 

उघ्रेमा मनको घुरुक्क दहिलो, बस्नेछु दासै बनी

ब्रम्हाण्डै सब क्षय होस भएमा, संगाति हामी तिमी

तृष्णा बेगर सिर्फ यो सुलभता, हो है ए मेरी सखी

चाहाना अब छैन धेर बुझ लौ, पाऊनु मात्र तिमी  ।। ४ ।।

Advertisements

5 thoughts on “तिमी (छन्दात्मक पद्यकविता)

  1. सबैजनालाई धेरैधेरै धन्यवाद, पढिदिनु भएकोमा, प्रतिक्रिया दिनुभएकोमा। केहि क्लिष्ट शब्दहरुको प्रयोगका लागि माफी माग्छु। अर्कोपटक सजिलै बुझिने कविता लेख्नेछु। 🙂

    Like

  2. मैले चाही आधा बुझे आधा बुझिन। कस्तो गार्हो vocabularies! School मा poem को critical appreciation लेख्न सिकाको थियो। त्यसको आधारमा भन्दा राम्रो लेख्नू हुदो रैछ. बधाई छ. Share गर्नु भाकोमा धन्यवाद 

    Like

  3. तपाइको छन्दमा लेखिएको कबिता पढेर रमाइलो लाग्यो। अब छन्द मिलेको नमिलेको धेरै कुरा त तपाइँ आफैले भनिसक्नु भएको छ। र म यस बारेमा ज्ञाता पनि होइन। तर पढ्न रमाइलो लाग्यो र मलाई लाग्यो तपाइले बडो राम्रो गरेर सिक्नुभयेछ। यहाका रचनाहरु पढ्न पाइराख्यियोस। यो छन्द का कबिता हेरे कक्षा नौ र दश को याद आयो। बिसेष गरेर बालकृष्ण समले लेख्नुभएको “इच्छा” कविताको र त्यो कक्षामा पढ्दा खेरिको समयको। सायद छन्द सग मेरो पहिलो चिनारी त्यहि भएको हुनुपर्दछ। हुन् त पहिले पनि छन्दका कबिता सायद पढिएका हुन् जस्तै भानुभक्त आचार्यको “पादुका दान”, अनि झ्याउरे लय (छन्द?) को मुनामदन आदि। तर गुरुहरुले छन्द भनेको कस्तो र के हो भन्ने कुरा चाही कक्षा नौ र दस मा मात्रै बताउनु भएको हो जस्तो लाग्छ मलाई।

    अब नेपालको परीक्षा प्रणाली तपाइलाइ थाहा छदैछ। यसबारेमा आफुले पनि धेरै ध्यान दियियेन किनकि परिक्षामा आउने बिसय परेन यो। सबै सिकेको कुरा पोलेरै खाइएको थियो तर आज तपाइले राम्रो लेखेको देख्दा रमाइलो लाग्यो। यहाले दिनुभएको वेबसाइट का लिङ्क्स हरु पनि हेर्छु। आशा छ तपाइको लेख्ने जोश अझै बढेर जानेछ। अस्तु, उही तपाइको नेपाली कबी

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s