इभोलुसनको दृष्टिबाट समाज र राजनीति

“Nothing in biology makes sense except in the light of evolution” भनेर प्रसिद्द जीव वैज्ञानिक डोब्जानस्कीले भनेका थिए। भनाइको मोटामोटी उल्था यो हुन्छ: जीवविज्ञानमा इभोलुसन (विकासक्रम) को नजरबाट मात्र सबै चीजको अर्थ लाग्छ। (नेपाली) समाज, राजनीतिमा घटिआएका, र घटिरहेका जे जति घटना छन सबैलाई इभोलुसनबाट अर्थ्याउन मिल्छ। यी घटनाहरू जति नै अस्थिर लागे पनि इभोलुसनको सिद्धान्तबाट हेर्ने हो भने सबै जायज देखिन्छन भन्ने मेरो मान्यता छ। मान्छे जैविक भएकैले इभोलुसनले मानिसको सोच, र व्यवहार परिभाषित मात्र गरिदिएको छैन, भविष्य पनि पूर्वानुमित गरिदिएको छ। तैपनि निमेष-निमेषमा बदलिने, अति नै तरल लाग्ने हाम्रो सामाजिक र राजनीतिक स्थिति, र युगौँ अचल झैँ रहने, हजारौँ वर्षहरू समग्रमा नहेरी नदेखिने, नबुझिने इभोलुसन बीच के सम्बन्ध? मेरा विचारहरु दुई मुख्य बुँदाहरूमा पेश गर्न चाहन्छु:

१. हुलमूलमा जीन (gene) जोगाउनुस्

जीवित प्राणीको सबैभन्दा सरलीकृत परिभाषा यो हो: आफ्नो वरिपरि भएका साधन (resources) प्रयोग गरी आफ्ना जीनहरू आफ्ना सन्ततिलाई सुम्पिने। अर्थात, हरेक प्राणीको उद्देश्य केवल एक छ: आफ्नो जीन बचाउने, जसका लागि आफू बाँच्नु पनि अत्यावश्यक भइहाल्यो। ब्रह्माण्डमा जतै भए पनि, जस्तै भए पनि जीवित जीवको लक्ष्य यहि एक मात्र हो, योसँग गाँसिएर आउने अरू गौण। मानव जाति पनि फरक छैन। हामी हामी भएर लखरलखर हिँड्नुमा ‘आफ्नो जीन बचाउने’ अभीष्ट बाहेक अरू कुनै कारण छैन। सुन्दा स्वार्थी जस्तो लागे पनि जीवविज्ञानको विकास प्रणालीले यहि सिकाउँदै आएको छ अरबौँ वर्षदेखिन। यो प्रणालीअनुसार सबै जीवहरूको उत्पत्ति र विकास भयो, अनि हाम्रा पुर्खाहरूको पनि। यहि क्रम पछ्याउँदै छौँ हामीहरू पनि। त्यसैले त स्कूल जान्छौँ, पढ्छौँ, जागिर खान्छौँ, बिहे गर्छौँ, अनि…? अनि बालबच्चा जन्माउछौँ, हुर्काउछौँ, र आफ्ना जीन हस्तान्तरण गर्छौँ। हाम्रै जीन थप बाँचेको हेर्न उनीहरूका सन्तति होस भन्ने कामना पनि गर्छौँ। घर-गृहस्थ बसाल्ने यो प्रक्रियालाई जैविक कोणबाट हामी विरलै हेर्छौँ, तर यथार्थमा भन्नुपर्दा हाम्रो अवचेतना (subconscious mind) चालक बनेर यो बाटो हिँडाइरहेको हुन्छ, हामीले पत्तै नपाइ।

तर समाजमा १ मान्छे वा १ परिवार मात्र बस्दैन; अरू प्राणीहरू पनि हुन्छन् – मानिस, जनावर, बोटविरुवा, आदि। प्राणीहरु थुप्रदै गएपछि चुनौतीको अनुभूति सबैभन्दा बढी हामी मानिसहरूलाई हुन्छ, आफ्नो बाँच्ने र जीन बचाउने उद्देश्य सफल नहुने हो कि भन्ने डरले। चार्ल्स डार्विन (र हर्वर्ट स्पेन्सर) को “survival of the fittest” (सबल मात्र जीवित रहन्छन) भन्ने प्रख्यात सिद्धान्त सुन्नुभएकै होला। जीवित रहन जरूरी छ, आफ्नो जीन बचेको, अर्को पुस्तासम्म पुगेको हेर्न। त्यसैले हामी मानिसहरू ज्यान पिटेर विपरीत लिङ्गीको आकर्षण खोज्छौँ; मरिमेटेर दाम कमाउन खोज्छौँ, साधन जोड्छौँ; अनि जब आफ्नो जीन बच्ने उपयुक्त वातावरण बन्छ/बनाउछौँ, तब बच्चा उत्पादन गर्छौँ। तैपनि जीनको मायाले (बच्चाको माया हैन), जीनकै सुरक्षाको लागि बच्चाको रेखदेख, सुखसयलको व्यवस्था गरिदिन्छौँ। हामीलगायत सबै जीवले गर्ने पनि यहि नै हो। यी सबै काममा विघ्न नआओस भनेर आफ्नो, सन्ततिको, र साधनको (पैसा, घर, गाडी, इत्यादी) हेरचाह गरिरहन्छौँ हामी। सारांशमा भन्नुपर्दा, हाम्रो अवशेष (जीन) लाई जीवित राख्नुबाहेक हाम्रो अरू उद्देश्य छैन, र यो उद्देश्य प्राप्तिबाहेक अरू केहि ठूलो छैन।

यति भनिसकेपछि सामाजिक परिवेश, झमेला, द्वन्द, अनि राजनीतिक खिचातानी, जाल-झेल-भ्रष्टाचार, शक्ति-संघर्षको १+१=२ हुन्छ भनेर आफैँ बुझ्नुभयो होला भन्ने ठानेको छु। मान्छे माझमा उभिएको छ, स्वार्थ हेतु।

२. भोगाइ, र विकासक्रमीय मनोविज्ञान

आफूलाई परेको दु:ख, आफूले भोगेका अभाव आफ्नालागि र आफ्ना जीनका लागि हटाउन हरेक जीव खटेर लागिपर्छ, मानव जाति पनि। तर मानव त्यस्तो एकमात्र प्राणी हो जसले विगत सम्झेर वर्तमान र भविष्य निर्धारण गर्दछ, विवेक भएकाले। भएका स्रोत-साधन प्रयोग गरेर दु:ख हटाउन तल्लीन रहन्छ मान्छे, आफ्नो लागि अनि आफ्नो बच्चाको लागि। कारण माथिकै: बाँच्न र जीन जोगाउन। किन भनेर बुझ्न विकासक्रमीय मनोविज्ञान (evolutionary psychology) का केहि आधारभूत सिद्धान्तहरू केलाउनुपर्ने हुन्छ, जसअनुसार: १) दिमाग प्राकृतिक चयन (natural selection) बाट निर्मित कम्प्यूटर हो जसले वातावरणबाट चाहिने सूचना लिन्छ। २) दिमागका प्रतिबोधक कार्यक्रमहरू (cognitive programs) ले हाम्रा पूर्खाहरूलाई बाँच्न र सन्तान जन्माउन (जीन जोगाउन) सक्षम पारेकाले मान्छे अनुकूल छन्, अस्तित्वमा छन्। यी दुई सिद्धान्तहरूलाई मानवीय विकासक्रमको परिप्रेक्ष्यमा ढालेर हेर्ने हो भने हाम्रा सबै काम-व्यवहारका इतिवृत्तान्त छर्लङ्ग हुन्छन। हाम्रो उत्पत्तिताका पाएका दु:ख, कष्ट (सूचना) हाम्रो दिमाग (कम्प्यूटर) ले संग्रहित गरेर राख्यो। दु:खको वातावरण खपेर, झेलेर (adaptation) जो बाँच्न सफल भए (survival of the fittest), उनीहरूकै जीन तपाईँ-हाम्रो ज्यानमा छ। तर दु:ख, कष्ट प्रकृतिले मन नपराउने अवस्था हुन, किनभने यी अवस्थामा degrees of freedom थोरै हुन्छन, जसकारण entropy (disorder, साधारण रूपमा) पनि थोरै हुन्छ। प्रकृतिमा रहेका हरेक चीज (निर्जीव, सजीव दुवै) lower entropy बाट higher entropy तिर जान खोज्छन; सबैको उद्देश्य दु:ख त्यागी सुखमा रहने।

त्यसैले हो पेट काटेर हाम्रा बाउ-आमाले हामीलाई हुर्काएको, पढाएको। हामीले अहिले संघर्ष गरिरहेको पनि त्यसैले हो। दु:ख पाएका नेताले सत्तामा पुगेपछि मनपरी गर्ने; अभावमा बाँचेका कर्माचारीहरुले छोराछोरीको मुख हेरेर कुम्ल्याउने त्यसैले हो। नराम्रो काम गर्नेहरुले नराम्रो काम गरेको पनि त्यसैले हो। नेता, गुण्डा, र हामी आफैँले पनि अरूको प्रभाव, दवाब मानेर अकर्मण्यक शैलीमा काम गरिनुको कारण पनि अन्तोगत्वा आफ्ना जीनहरूको सुरक्षा हुन्छ भनेर नै हो। उदाहरणको लागि काँग्रेस, एमाले, माओवादी नेताका अस्थिर बोली, र काम हेरौँ। सत्ता हातबाट फुस्केला, शक्ति खेलाउन नपाइएला, र जीनको सुरक्षा गर्न नसकिएला भन्ने पीरले दास बनाएको छ यिनलाई। त्यसैले साम, दाम, दण्ड, भेद, र चाकरी गरेरै भए पनि केन्द्रमा रहन खोज्छन। अन्तत: घुमीफिरी हामी माथिकै इभोलुसनरी सिद्धान्तमा आइपुग्छौँ – जे जति काम मान्छेले गर्छ, सबै जीन जोगाउन गर्छ। इतिहासमा अभाव बेसी झेलेको मानव दिमागले ‘यति साधन भए पुग्छ’ भनेर लामो समयसम्म (घटीमा केहि हजारौँ वर्षहरू, मानवीय इभोलुसनरी समयमा) अनुभव नगरेकोले नै साधन जोड्न राम्रा कामका साथसाथै चोरी-ठगी, लुटपाट, भ्रष्टाचार गरिन्छन। ताकि यो अभाव आफैँलाई र आफ्ना जीन बोक्ने बच्चालाई झेलाउन नपरोस भनेर। तसर्थ, नेताले देशको मतलब गर्छ भन्नु उति नै सत्य हो, जति सत्य बाउ-आमाले छोराछोरीको मतलब गर्छन भन्नु। दुवैले मतलब गर्दैनन्। मतलब छ त केवल आफ्नो जीनको दीर्घायुको। हाम्रो यसरी सोच्ने बानी छैन तथापि यो नै चरम सत्य हो, जीवविज्ञान/इभोलुसन मान्ने हो भने। धर्म, भाषा, देश, समाज, परिवार, सम्बन्ध सब हुन् त केवल ‘filler’ वस्तुहरू। [यति कुरा गरिसकेपछि, यो कोणबाट हेर्दा समाज किन, कसरी चलेको छ भन्ने प्रश्न उठ्न सक्छ। प्रश्न जायज हो। तर योबारे चैँ मलाई थाहा भएन, मानवशास्त्री, समाजशास्त्रीहरूलाई थाहा हुनुपर्छ। हुन त गौतम बुद्धले पनि यो प्रसंगमा केहि भनेको जस्तो लाग्छ, तर स्रोत छैन मसँग यहाँ उल्लेख गर्न।] देशमा उब्रेका मनमुटाव, खुट्टा तानातान, चरम बेइमानी, लापरवाही, द्रव्याचारी आचरण, आदि सबै अस्वस्थ प्रतिस्पर्धाका उपज हुन। जीवविज्ञानले यसलाई सामान्य मान्छ, तर समाजविज्ञानले मान्दैन। त्यसैले समाज चल्न अनेकन विज्ञान र नीतिहरूको संगम जरूरी छ।

निकास?? यो सबबाट मुक्ति पाउन असम्भव छ। दुनियाँमा अहिलेसम्म जीवन जसरी चलेको छ, ती आधारभूत नियमहरू मोडेर विपरीत दिशातर्फ लाग्ने कसरी? मेरो विचारमा चलिआएका विधि तोड्ने भन्दा पनि आफू (देश, समाज) अनुकूल कसरी पार्ने भन्ने हो। एउटा उपाय जीवविज्ञानमै देखिने osmosis र homeostasis का उदाहरणहरू लागू गर्न सकिन्छ। यसका लागि मानवीय नियम र प्राकृतिक नियमबीच सामञ्जस्यता आवश्यक छन। अनुशाशन पनि उत्तिकै जरूरी छ अवस्था सुध्रन।

Advertisements

4 thoughts on “इभोलुसनको दृष्टिबाट समाज र राजनीति

  1. सबैले यसरी नै सोच्नुपर्छ भन्ने मान्यता त म राख्दिन, तर तपाईँको विचार – सोच्ने शैलीमा उदारता नल्याउने (तपाईँको “शङ्का” लेख याद आयो – बडो मीठो छ त्यो लेख!!), तर आडम्बरी चरित्र देखाउने हामी, अनि त्यसो गर्न प्रेरित गर्ने हाम्रो समाज सभ्यता विकासको बाधक बनेका – १००% ठिक हो।
    त्यो किताब पढ्न पाएको छैन… फुर्सदमा अवश्य पढ्नेछु। 🙂

    Like

  2. पूर्णरूपमा सहमत छु । यो वास्तविकतालाई सभ्यताको आडमा लुकाउँछौं हामी किनकी यस्तो तर्क राख्दा समाजमा ‘स्वार्थी’ र ‘मतलबी’ भइन्छ । निस्वार्थी बन्नका लागि पनि स्वार्थको स्रोत र प्रवृत्ति बुझ्न आवश्यक छ । तर हामी यो आवश्यकता बुझ्दैनौं । मेरो विचारमा जुन समाजमा मानिसले आफ्नो स्वार्थ राम्ररी बुझेको हुन्छ त्यहाँ परस्पर सम्मान वास्तविक र वस्तुगत हुन्छ । हामी एकअर्कालाई निस्वार्थ प्रमाणित गर्न भएभरको बल लगाउँछौं त्यसैले आडम्बरीमात्र छौं । आडम्बर सभ्यताको विकासको वाधक हो । तपाईंको विचारसँग मिल्ने रिचर्ड डकिन्सको ‘द सेल्फिस जिन’ भन्ने पुस्तक पढेको थिएँ । उनी मानवशास्त्री हुन् र यो विषयलाई विस्तृत रूपमा उठाएका छन् । राम्रो लेख्नुभएको छ । धन्यवाद ।

    Like

  3. madhukaru, thank you for your comment. like you said, we humans are indeed selfish. but again, the answer to your question is because we love our genes too much. we say in nepali ni ‘mero mutu ko tukraa’, ‘mero shareer baata utpatti bhayeko’. same thing. if something is your half replica, why would you not love, care for, & provide for half of what you are?? [you might find it interesting that once our minds know that our genes will survive, even our body gives up – our genetic & metabolic processes start being sloppy; we become old; and so on] but scientists do find it interesting that many higher organisms have evolved to develop emotions such as compassion, care, protection, etc in addition to their primary function of living, & propagating. probably social sciences have answers to these… which isn’t my area of studies. but, because lower organisms have no emotions, i believe that the a living thing existed+evolved with the sole purpose of eating, and reproducing so that the longevity of its genes are ensured.

    my 2 cents 🙂

    Like

  4. Dear Juju
    It is a very new subject for me and find it difficult to understand everything you have said. But what interests me is the fact that we all love to give the best to our children. I never understood why? Why we love our children more than the parents that gave us life, and the wife (for a man) without whom one would not have a baby, and yet the love for children is more than anything. Once goes to any extent to ensure that the child has the best. How a selfish man can be so selfless when it comes to the question his child. What would be the evolutionary perspective to explain this ?

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s