बाहुनवाद भर्सेस् बाहुनपाद

 

मैले धेरै सोचेँ, के हैच यो बाहुनवाद भनेर।

अरु सबै जनजाति, तर बाहुनहरु (क्षत्रीहरु पनि यही भुङ्ग्रोमा पर्छन) चैँ अलक्क अरे। मान्छे ‘क’ कुनै जातको भएपनि ‘क’ले बाहुनवादी हर्कत देखाउँछ भने ‘क’ पनि बाहुनवादी अरे। ए सितर्नी त, यिनका परिभाषा!

फन्टुस कुरा सुनेपछि उदेकका साथसाथै कौतुहलता त लाग्ने नै भो। आकाशमा उड्ने चरालाई माछावादी, जमीनमा घिस्रने सर्पलाई स्यालवादी भनेजस्तो लाग्यो… रद्दी कुरालाई मेरो दिमागले यसरी नै चित्रित गर्‍यो।

त्यसैले धेरै सोचेँ, कस्ता हुने रहेछन बाहुनवादी भनेर। अनि के रहेछ बाहुनवाद भनेर।

Continue reading

Advertisements