तल कोठाबाट आवाज आयो

 

यो लेखेको शत-प्रतिशत टाइमपासको लागि हो। म कवि हैन, र कविता लेख्न खासै मन पनि लाग्दैन। त्यसैले कविता लेख्छु भनेर लेख्या त हुँदै हैन। हिजो रेल यात्राका बेलाँ अलिकति, आज ब्यान चर्पी प्रयोगका बेलाँ अनि अघि दिउँस प्रोग्राम रन गर्दै गर्दा जति समय उब्र्या थियो, त्यसैको उपयोग गर्दा लेख्या हो। घटना चैँ पक्का सत्य हो हेर्नुस्। अझ थप १ महिनासम्म तल कोठाबाट आउने आवाज सुन्नुपर्ने बाध्यता छ… हाहाहा।

अनि पद्य कविता लेख्छु नै भनेर नि लेख्या हैन। गद्य कविता वाइयात लाग्छन – सामर्थ्य र प्रस्तुतिका हिसाबमा हैन (खासमा पद्यभन्दा गद्य सशक्त लाग्छन मलाई) तर सबै भुस, फासफुसले नि गद्यमा कविता लेख्ने भएर। गद्य कविता पद्य जस्तो लेख्न गाह्रो हुन्थ्यो भने शायद पद्य कविताबारेको जुन ‘रेभरेन्स’ छ, त्यो पनि रहन्थेन होला। बट आइ डाइग्रेस। लेख्न चाहिँ पद्यमा बाहेक अरुमा रस लाग्दैन।

चित्रलेखा छन्दमा लेखिया छ। गणहरु यी हुन: म म न य य य (SSS SSS III ISS ISS ISS); विश्राम ४.७.७. मा। तर लय हालेर पढ्नलायकको कविता छैन यो… भनिसकेँ, टायमपास मात्र हो। 😀

Continue reading

Advertisements