झ्यासगफ: रामे र चामेका यौनिक अनुभूति

झ्यासगफ – १

रामे र चामेका यौनिक अनुभूति

 

रामे र चामे उमेरमा हर्लक्कै हुर्किए त! यी यत्रा दुई मुठीका थिए, हेर्दा हेर्दै झिरिप्प ज्यान हाले। हुर्काइ भने अरूझैँ सामान्य नै भयो भनौँ। हुर्कँदा जुँगाका रेखी बसेका, बिस्तारै दाह्री (सबैतिर 😝) उम्रेका। मने, मध्यम बाल्यकाल, सामान्य किशोरकाल। नौलो केही भएन खासै।

उमेर बढ्दै गएपछि यिनमा यौवनरसको मात्रा व्यापक हुन थाल्यो। ज्यानले रमरमरमाइलोको खोजी गरेपछि, मनको इच्छा थामीनसक्नु भएपछि यी घरबाट निस्केछन, छहारीको खोजीमा।

निस्कन त निस्किए, तर जाने कहाँ? कसरी भेटिएलान रम्भाहरु? कसरी गराउने होला जलनको अन्त्य? यीबारे यी दाजुभाइ आफैँ अलमलमा थिए। तैपनि खोज्दै गए – यता, उता, त्यता, जता हावा बहन्छ, त्यता।

====
पहिलो ठाउँको कुरो
====
डुल्दा, डुल्दा, डुल्दा, खोज्दा, खोज्दा, खोज्दा….. बल्ल्ल्ल्ल एउटा गाउँ भेटेछन जहाँ कन्याहरु पनि भनेजस्ता राम्रा, र संख्या पनि यिनको राम्रै मात्रामा। तर गाउँमा लडकीहरुले अनौठो शर्त राख्दा रछन:

  • ताल्चा खोल्दा दुईवटालाई दुईवटा साँचो चाहिने, एकैपटक खोलिनपर्ने (बडा उच्छृङ्खल के :D)
  • ती दुई साँचो धनीहरुमध्ये एकको नाम केटीको नामसँग मेल खान नहुने। मतलब: एउटाको नाम मिले, अर्कोको नाम नमिलेको खण्डमा नाम नमिल्नेले कार्यक्रम सम्पन्न गर्न पाउने। एक भोगनदास, अर्को हेरनदास… हेरनदास बन्नपर्ने चैँ अर्कोले कार्यक्रम नसकूञ्जेल लन्ठङलन्ठङ यताउता हल्लनदास।

यस्तो अनौठो शर्त सुनेपछि रामे र चामेले आपसी सहमति गरे – हामी दाइभाइ नै हौँ, बच्चा बेलाँ खोलाँ हग्दा नि एक-अर्काको तुरी नदेख्या हैन, हामी दुई भाइ भएर दुइटीलाई सँगै आँट्दा केही अक्वार्डनेस हुन्न। बिसाइड्स, दोश्रो नियम त हावा हो, केटाको नाम नि केटीसँग कतै मिल्च त? यसरी सल्लाह गरीवरी लागे यिनीहरु कन्या भए ठाममा, एउटीलाई फकाई-फुल्याई कार्यक्रमको मेसो मिलाउन।

तर जतै जान्छन, उतै कम्पिटिसन धेरै हेर्नुस् है। पैलेदेखिन नै बग्रेल्ती अन्य रामे र चामेहरुको भीडभाड रछ। सबै फकाउन, मेसो मिलाउन जे सकिन्छ, त्यै गर्दै। कुरा मिल्नेहरु दङ्ग पर्दै कन्याहरुको पछि लागेर जाँदा रछन। कुरा नमिल्नेमध्ये धेरै लुत्रुक्क हुँदा रछन, कति त बेहोस हुँदा रछन। बेपत्तै क्रेज के।

त्यो देखेर हाम्रा रामे र चामे अलिकति नहच्केका त हैनन्। तर यतिका वर्षहरु बोक्दै आएको भारी नबिसाई नफर्किने निधो गरे। बरू ज्यान जाओस्!

चहार्दाचहार्दै एउटा घराँ पुगे है यी दाइभाइ। एउटा इनारछेउ दुइटी मस्ताना बसेका रछन।

रामेले सोधो: नानी, पानी पाइन्छ कि पाइन्न होला?

नानी पनि उस्तै रछे, भनी: उस्तैलाई त दिन्नम केरे।

रामे: कस्तालाई दिन्छ्यौ त?

कन्या: जबरजस्ती हुन्न, नियम मान्नपरो।

अब बोरोज रामे र चामेलाई नियम कहाँ थाहा नभको हो र। थप सोधो दङ्गदास रामेले:

अनि नाम भन न त।

कन्या: मेरो सर्वती, यसको चैँ चामञ्जरी।

लौ फसाद। चामेले नपाउनी भओ। अन्वार मधुरो पारो। तर रामेले भने आफ्नो भाग्य पत्याउन सकिरहेको थिएन। ङिच्च पर्दै सर्वतीलाई लिएर पर्तिर लागो।

यो ठाउँमा पर्दा यैँ झारम क्यार। 😁 😁

 

====
दोश्रो ठाउँको कुरो
====

छ नि एउटा भनाइ: तावाबाट भुङ्ग्रोमा। त्यस्तै भो चामेलाई।

किन त भने, पुगेछन यस्तो गाउँमा कि, मदमत्त युवतीहरुको संख्या अधिकतम हुँदाहुँदै पनि, नियमहरु झन ठिस रछन याँ:

  • ताल्चा खोल्दा दुईवटालाई दुईवटा साँचो चाहिने, एकैपटक खोलिनपर्ने (पहिलो गाउँकै नियम)

तर

  • ती दुई साँचो धनीहरुमध्ये एकको नाम मात्रै केटीको नामसँग मेल खाएमा काम नबन्ने। मतलब, दुवै युनिक हुनुपरो। नत्र दुवै ठण्डाराम।

लौ जे त पर्ला, पछि त हट्दै नहट्ने भनेर चामेले भनो। रामे किन किन मुसुमुसु हाँस्दैथ्यो, चामेको वेदना बुझेरै होला।

बाटो समातेर अघि लागे। तेस्रो घरतिर हुनुपर्छ, मदमस्त दुइटी बात मार्दै रछन, पिँढीमा बसेर। चामेलाई अति भएछ। झटपट एउटीको छेवैमा गयो, टाँस्सिएरै बसो, र सोधो:

चामे: २ घरे हौ कि एकघरे? के छ त विचार?
लड्की १: नाम के हो तिमेरुको?
रामे: यो चामे, म चैँ रामकुमार।
लड्की २: अन्तै जाओ, मेरो नाम रामदेवी। (ठिस नाम)

ट्वाँ परो विचरा चामे। पैलो गाँसमै ढुङ्गा। पयँठमा पुगिसकेका हात बेकम्मा भो। तर बालै त हो भनेर डुल्दै जाँदा अर्की दुईलाई भेटेछन बाटोको डिलाँ। सोध्छन त के भन्छे एउटी – मेरो नाम चामञ्चला, तिम्रो हाम्रो कार्यक्रम नहोला।

चामे रुन मात्र सक्या छैन हेर्नुस्। दिनभरको धपेडी। त्याँमाथि एकसेएक कन्याहरु हेरेरै चित्त बुझाउनुपरेको छ।

पैल्या ठाउँमा, य अहिले याँ नि ताल परेन उसलाई। यो स्याला गाउँ नै ठिस हो कि के हो भन्ने लागो। कार्यक्रम नहुने नै हो त? भन्ने अत्यासलाग्दो यक्षको गेडा प्रश्नले चामेको मथिङ्गल नखाएको पनि हैन।

तर हरेस खाएन। खोजी कार्य जारी राख्यो। फूल चाखेको भमरा नि कहाँ सन्तुष्ट बस्छ र? रामे नि पछि पछि लाग्यो खोजीमा, र्‍याल चुहाउँदै।

डुल्दा डुल्दा डुल्दा…..

धेरै लामो नपारम है? 😀

 

सिम्बोलिजम:

रामे + चामे = दुईटा भाले (pollen) को जेनेटिक चिनारी भनौँ, साधारण भाषामा

खोज्दै गए … जता हावा बहन्छ = हावाले pollen लाई यता उता उडाउनु

दुई केटी = एउटै पोथी (stigma) को जेनेटिक चिनारी भनौँ, साधारण भाषामा

पहिलो ठाउँको कुरो = फूलमा हुने gametophytic (अपूर्ण कोषहरु (chromosome संख्या आधा) ले निर्धारण गर्ने) incompatibility

दोश्रो ठाउँको कुरो = फूलमा हुने sporophytic (पूर्ण कोषहरु (chromosome संख्या साविक) ले निर्धारण गर्ने) incompatibility

चामे एउटीसँग टाँसिनु + पयँठमा पुगेको हात बेकामको हुनु = भाले (pollen) पोथी (stigma) मा बस्छ तर pollen tube निस्कँदैन।

कुरा मिल्नेहरु … कन्याहरुको पछि लाग्नु = pollen tube को growth, ovary मा पुग्न

कुरा नमिल्ने लुत्रुक्क हुनु, बेहोस हुनु = pollen को आयु सकिनु

कसैलाई थप पढ्न मन भए यहाँ निकै सामान्य तरिकामा चित्रसहित वर्णन गरिएको छ

 

किन हुन्छ यो प्रकृया? निकै सरल तरिकामा:

मान्छे र जनावर (सबैमा त हैन) मा नजिकका नातेदारसँग बिहे तथा यौनसम्बन्ध राखिन्न। यसको कारण inbreeding (नजिकका सम्बन्ध; नेपालीमा हाडनाता भनेर बुझौँ) नहोस् र यसले गर्दा जन्मिने बच्चाहरुमा रोग तथा विकारहरु नहोउन भनेर हो। तर फूलमा यसरी selection गर्न अलि गाह्रै हुन्छ। त्यसैले फूल या त लगभग १००% inbred हुन्छन (गहुँ, धान, तथा अरु closed फूलहरु), वा out-crossing हुन्छन। Out-crossing फूलहरुमा inbreeding हुने हो भने अर्को बेतका विरुवाहरुमा धेरै नै विकारहरु देखिन्छन, त्यसैले माथिका sporophytic र gametophytic incompatibilities जेनेटिकल्ली प्रकृयाबाट लागु हुन्छन।

यो प्रकृया नमान्ने फूलहरु पनि धेरै छन। माथिको २ भन्दा अरु प्रकृया हुने पनि धेरै छन।

अनि मलाई अनौठो लागेको एउटा कुरा चैँ के भने, विरुवाहरुमा बलात्कार हुन्न। भन्नेले त भन्लान, जाबा विरुवाहरुमा के हुन्छ, के मतलब। कति हाँस्लान, यो झ्यास बौलायो, विरुवा र बलात्कारको कुरा गर्दो रछ भनेर। तर सोच्ने हो भने, बलात्कार हुन्न भन्दा पनि हुनै नसक्ने गरी प्रकृतिले यसको व्यवस्था गरिदिएको छ। फूल self-compatible छन भने एउटै फूलबीच यौनकार्य सम्पन्न हुन्छ (म आपसी सहमति ठान्दछु यसलाई); यदि फूल self-incompatible छ भने, जेनेटिक मेल भएका खण्डमा मात्र (माथिका २ केस), जुन भनेको, सहमतिमा मात्र यौनकार्य सम्पन्न हुन्छ। अरुलाई ठिस लाग्ला यो कुरा, मलाई चैँ किन किन गहन लाग्छ।

 

(कृषि भनेको हलो, कोदालो, मलका डोका, विषादी मात्र हैन; रोपेर फल्छ, र फलेर खाइन्छ मात्र हैन; – यी भन्दा ज्यादै गहिराइमा हुने विज्ञान प्रकृयाका, जसले आधुनिक कृषि सम्भव बनाएका छन, तीबारे २-३ लाइन लेख्ने झारपात प्रयास हो यो। प्रयास रहिरहनेछ।)

Advertisements

2 thoughts on “झ्यासगफ: रामे र चामेका यौनिक अनुभूति

  1. बडा रमाइलो तरिकाले प्रस्तुत गर्नुभएको रहेछ। यो शैली असाध्यै मन पर्यो। 🙂

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s