विदेशी वेश्या, नेपाली मोडल

 

यो देशमा देहव्यापार वैध छ। देहव्यापार भन्नुस् या वेश्यावृत्ति वा रण्डीबाजी… अर्थ्याइँ फरक किसिमले गरेपनि सार उही हुन्छ क्यार। ठाउँअनुसार शब्दको प्रयोग भिन्नै पनि हुन्छ क्यार।

विषयमा फर्कौँ: यो देशमा देहव्यापार वैध छ। हजारौँ केटी तथा आइमाईहरु जीउ बेच्ने व्यवसायमा लागेका छन। बकाइदा सरकारलाई कर तिरेर आफ्नो पसल उघार्छन र बिक्री गर्छन, जे बिक्री हुन्छ। ठूला शहरहरुमा ठूला बिल्डिङहरुमा (brothels) कोठा भाडामा लिएर ग्राहकसँग पैसो लिन्छन। साना शहरहरुमा त्यै काम साना घरहरुमा हुन्छन। घर तथा बिल्डिङसम्म पहुँच नहुनेले अस्थायी रूपमा trailer/caravan मै पसल थाप्छन। यी trailer हरु विशेषगरी राजमार्गको छेउछाउ, जहाँ द्रूतमार्ग (हाइवे/freeway/expressway) को लामो कुदाइपछि ट्रकहरु खाजा, तेल, या बासको लागि आउँदछन, हो त्यहाँ हुन्छन। पसलको पूर्वाधारमा पसलेको कस्तो पहुँच छ, त्योबाट दुई कुरा थाहा हुन्छ: १) उसको कमाइ, र २) उसको पृष्ठभूमि। पृष्ठभूमि भनेर देश, भाषा, वा समुदाय भन्न खोजेको… नेफुलीहरुले अचेल बुझ्ने लवजमा ‘पहिचान’ भनौँ न।

Continue reading

Advertisements

दोबाटेको भात

 

एक सानो टुक्रा चुस्स है?

 

दोबाटोको छेवैमा घर रहेछ।

घरमा आमा र छोरा बस्ता रहेछन।

एक दिन बाटोपारि एउटाले खाना ख्वाउने होटेल खोलेछ।

छोरो एकदिन चाख्न गएछ। उति मीठो नभए नि व्यापक सजिलो लागेछ। गयो, बेञ्चीमा बसो, खायो। कति आनन्द!

घर आएर भन्यो – हेर आमा, तिम्ले पकाको औधी मीठो लाग्छ। तर वना’ट दाउरा ल्याउ, सुकाउ, चिर, बोकेर बुइगलमा लैजाउ सबै गर्न गाह्रो भो मलाई। अनि त्याँमाथि धान रोप, फलाउ, चुट, पिन, आदि लामलास्ट गर्न सक्तिनँ म। अबदेखि म त होटेलाँ भात खान्छु।

आमा अक्क न बक्क।

नभन्दै छोरोले घराँ भात खान छोडो।

भ’को एउटो छोरोले घराँ भात खान छोडेपछि आमा कसको लागि घराँ बस्नु!

पोइल चल्दिइन्।

घराँ छोरो बसेजस्तो गर्छ। बडारकुँडार छैन। बारी असरल्ल। खेत असरल्ल। आमाछोराको सम्बन्ध असरल्ल।

छोरोको खल्तीयाँ पैसो हुन्जेल दोबाटेले भात ख्वाउला। अनि के होला?

******

नेपाली कृषिको हालत यसरी बुझ्छु म अचेल।