विदेशी वेश्या, नेपाली मोडल

 

यो देशमा देहव्यापार वैध छ। देहव्यापार भन्नुस् या वेश्यावृत्ति वा रण्डीबाजी… अर्थ्याइँ फरक किसिमले गरेपनि सार उही हुन्छ क्यार। ठाउँअनुसार शब्दको प्रयोग भिन्नै पनि हुन्छ क्यार।

विषयमा फर्कौँ: यो देशमा देहव्यापार वैध छ। हजारौँ केटी तथा आइमाईहरु जीउ बेच्ने व्यवसायमा लागेका छन। बकाइदा सरकारलाई कर तिरेर आफ्नो पसल उघार्छन र बिक्री गर्छन, जे बिक्री हुन्छ। ठूला शहरहरुमा ठूला बिल्डिङहरुमा (brothels) कोठा भाडामा लिएर ग्राहकसँग पैसो लिन्छन। साना शहरहरुमा त्यै काम साना घरहरुमा हुन्छन। घर तथा बिल्डिङसम्म पहुँच नहुनेले अस्थायी रूपमा trailer/caravan मै पसल थाप्छन। यी trailer हरु विशेषगरी राजमार्गको छेउछाउ, जहाँ द्रूतमार्ग (हाइवे/freeway/expressway) को लामो कुदाइपछि ट्रकहरु खाजा, तेल, या बासको लागि आउँदछन, हो त्यहाँ हुन्छन। पसलको पूर्वाधारमा पसलेको कस्तो पहुँच छ, त्योबाट दुई कुरा थाहा हुन्छ: १) उसको कमाइ, र २) उसको पृष्ठभूमि। पृष्ठभूमि भनेर देश, भाषा, वा समुदाय भन्न खोजेको… नेफुलीहरुले अचेल बुझ्ने लवजमा ‘पहिचान’ भनौँ न।

नेपालीहरुको नेपरसिङ बानी छ। अनि नेपरिबौसिँदै ‘यत्रो कुरा तँ झ्यासले कसरी ठोकुवा गरेर भन्न सकिस्?’ भन्नुहोला। भक्खरै घटेको एउटा कथा हाल्चु म।

२ हप्ता अघि एउटा नजिकैको देशमा (प्वाइन्ट A भनौँ यल्लाई) आफन्त भेटेर डेरातिर फर्कँदै थिएँ। प्वाइन्ट A बाट म बसेको ठाउँसम्म पुग्न गाडीमा लगभग ६.५ घण्टा लाग्ने। अनि यस्तै ४ घण्टापछि खुट्टा तन्काउन परो भनेर यस्तै हाइवे छेउको रेस्ट एरियामा गाडी रोकेँ। एक लट तुर्कमिनिस्तान नि गएँ। अनि बाहिर टहलिन थालेँ। घाँस भ’को ठाउँमा एउटा पार्क-बेञ्च खाली रछ, त्याँ गएर बसेँ, प्वाइन्ट A मा किनेको पाउरोटी खानपरो भन्ने विचारले।

रेस्ट एरियाको पारिपट्टि trailer थे २ टा: बाटोको एकापट्टि एउटा अनि उतापट्टि अर्को। एउटी केटी निस्की त्याँबाट र रेस्ट एरियातिरै आई। यो पक्कै पनि ‘ब्रेक’ लिन तुर्कमिनिस्तान हिँडेकी होली भन्ठानेँ।

हैन रैछ; मैतिर आई।

ब्लन्ड कपाल फुक्कै छोडेकी गोरी केटी। जर्मन होली भन्ठानेँ। पेट राम्रैसँग बाहिर निस्केको भए नि टिमिक्क पर्‍या टिसट र तल हाफपइँठ ला’की थिई।

सलाई खोज्दै आ’की रछे। टुट्याफुट्या जर्मन बोली। अंग्रेजी मठ्ठ रैछ। यो जर्मन त पक्कै हैने भन्ने सोचेँ।

मैले म चुरोस पिउँदिन भनेको अलि दिक्क मानेजस्तो गरी। अनि तुर्काउने ठाउँमा सलाईवाला कोही छन कि भनेर तेतै गई, मैले नि यै मौकाँ उसको पिछवाडा हेरेँ भनौँ न सिधै कुरा गर्दा… ढाँटेर कौन सा आदर्शवादी बन्नु छ र। अगाडि हल्का हेपिए नि पछाडि चैँ ज्यान पा’की रछे भनेँ, मनमनै।

पाउरोटी सक्नै लाथेँ, त्यो केटी आएर बेञ्चको अर्कोपट्टि बसी।

चुरोट हातैमा बोकेकी छ, विचरीले कोही भेट्टाइनछ। तैपनि मैले सोधेँ – सलाई भेट्टाइनस्?

फिस्स हाँसेर भनी – काइन एङ्लिश।

मैले जर्मनमा मेरो कुरा दोहोर्‍याएँ।

भनी – भेटिनँ। अचम्मै भो आज। जर्मनहरु एउटा तातो रातो दिन्छन, अर्को तातो रातो दिन सक्दैनन्। गलल्ल हाँसी अनि। हाँस्दा आँखाबीचका अनि गालाका मासु चाउरिए। अनि देखियो, अधवैँशलाई श्रृङ्गारले छोपेकी रहिछ। चिया पसलेले स्टोभको कालोमाथि जबरजस्त रङ्ग पोतेर नयाँ देखाउन खोजेजस्तो।

उसको कुरोको भेउ पाएजस्तो लागो, मैलाई अप्ठेरो भो, लाजै लागेजस्तो भओ त गाँठे हल्का!… के भनूँ के अब।

बुझेर होला, उसैले सोधी – मेक्सिन होस्? मेरो नाम चैँ Paola.

जुँगा पाल्दा म मेक्सिन-मेक्सिन देखिन्छु भनेर धेरैले भनेका थिए। यल्ले नि फ्याट्टै त्यै भनी।

भनेँ – हैन, नेपाली हुँ। नाम फलानो।

इटालीको नेपोलिया?

तेरा बाउ इटाली!

हैन, सगरमाथाको देश भन्न कर लागिहाल्यो।

अनि सम्झेजसरी भनी – ओ ओ, अस्ति भुइँचालो गा’को तेरैमा हैन त?

भनेँ – हो। तर बाटोछेउ पसल थापेर बसेकी यसले कसरी थाहा पाइ हाम्रोजस्तो २ मुठ्ठीको देशबारे जस्तो लाग्यो। सोधेँ, कसरी थाहा छ तँलाई नेपालबारे भनेर।

हाम्रो देशबाट नि गएका थिए स्वयंसेवक त्याँ सहयोग गर्न – भन्छे। म पोल्यान्डबाट, अहिले यहाँ कामलाई आएकी।

भनेँ – ए हो त, एउटा राम्रै टोली गएको थियो। धन्यवाद तिमीहरुलाई। अनि याँ के काम गर्छेस् त? त्यो trailer मा किन बसेकी छस्? उसको बारेमा हल्का उत्सुकता जाग्यो, र बुझ पचाएरै सोधेँ।

म पार्टटाइम जीउ बेच्छु; यो देशको वैधानिक वेश्या। सहजै यसरी जवाफ फर्काई कि एकैछिन अक्क न बक्कै परियो हेर्नुस्। मलाई सोध्नमा जति संकोच थियो, उसको जवाफ उति नै बेफिक्री लाग्यो।

थपी – मेरो बास दिनभरि त्यसैमा हुन्छ। बिहान काममा छोड्न अनि साँझमा लिन श्रीमान आउँछ।

अब चैँ सेन्टीफ्ल्याट हुने गरी ट्वाँ परेँ।

पत्नी वेश्या भएका घरहरु जहाँ पुरुषले समर्थन (बाध्यताले होस् वा स्वेच्छाले) गर्छन, ती अनौठा त हैनन्। किनभने नेपालमा वादी र भारतमा एक समुदाय (नाम बिर्सेँ) ले यसरी नै गुजारा चलाउने गरेको बारे पढेको थिएँ। अचम्म किन लाग्यो त भने यूरोपजस्तो ठाउँमा परिवारले जान्दाजान्दै पनि देहव्यापार गर्दा रहेछन भनेर। अलि पढेलेखेको समाज तथा सेवासुविधामा पहुँच पुगेको सभ्यताले यो काम (नराम्रो भन्न त खोज्या हैन; अरु विकल्प हुन सक्थे कि भन्ने अभिप्राय हो) परिवारकै सहमतिमा किन गर्नुपर्‍यो होला र भन्ने लाग्यो।

तेरो लोग्नेलाई आपत्ति छैन त यसमा?

रहर त दुवैको थिएन, तर उमेर हुँदा पैसा जसरी कमाए नि पछिलाई राम्रो हुन्छ भने किन नगर्नु? दुवैको सहमति छ।

तेरो लोग्ने चैँ के गर्छ नि?

ट्रक चलाउँछ। मैले बाटोमा बसेर केटा ढुके झैँ ऊ पनि जाँदो हो अरु केटीहरुकोमा… त्यसैले समझदारी छ भनेको।

अनि के भन्छे, खित्का छोडेर – कैलेकाइँ मेरैमा आउँछ, पैसा दिन्नँ भन्छ, म जबरजस्ती भए नि लिन्छु। व्यापारको सिजनमा बूढोलाई चैँ फ्रि दिने भन्ने त कुरै छैन।

लौ अपारकै रछौ नि तिमी त भन्ठानेँ। तर केही बोलिनँ। के बोल्नु, बोलेर के नै अर्ती-उपदेश दिनु थ्यो र।

थपी – गर्मीका केही महिनाहरुमा कमाइने पैसा उताको साविक जागिरमा कमाउन ३ वर्ष लाग्छ। जुनको बीचतिर आएकी, सेप्टेम्बरको अन्तिमसम्ममा पोल्यान्ड फर्किन्छु।

हाम्रा नेपाली दिदीबहिनीहरु तथा दाजुभाइहरुले बाहिर बसेर पैसा कमाएको जस्तै रहेछ; विधि मात्र फरक।

एउटा भुस्तिघ्रे उसको trailer तिर हिँड्दै आएको देखी, र भनी – म गएँ है। भ्याउँचस् भने आइजो, म आइतवार बाहेक अरु दिन यैँ हुन्छु। रे!!

सोचेँ, इस् आउँछु, रोग पाल्नु छ र? त्यसमाथि पैसै ५५ यूरो रे। स्याला करिबन ५५०० रूप्याँमा त अनेकथरी कर्न मिल्ता है हमारा नेपालमै। ;-))

=========

सर्वप्रथम त, यसले ‘बाटोछेउमा पसल थापेर बसेकी छु’ भन्दा गौशाला-कलंकी-ठमेलका बाटाछेउ पसलमा बस्न बाध्य बनाइएका हाम्रा चेलीहरुको याद आयो। थोरैले रहरले गर्लान हाम्रो जस्तो सामाजिक पृष्ठभूमिमा हुर्के-बढेकाले। उमेर पुगेकाको त त्यति मतलब लाग्दैन, तर विशेषगरी जीउ बेच्न बाध्य उमेर नपुगेका नानीहरुको याद आयो… कर, रहर, भविष्य, आदि-इत्यादि बारे।

नेपाली मोडलहरुको कुरा कहाँ कसरी जोडिन्छ भने, अचेल २-४ नेपाली ‘मोडल’ भनाउँदाहरु सामाजिक सञ्जालमा फुतुरफुतुर गर्दैछन। मोडलिङ साइटतिर नि देख्न पाइन्छ, बबाल फोटाहरु। कोही बुबिच देखाउँछन, कोही पातले टुसुक्क सामाग्री छोपेर ओठ टोक्छन। हेरिन्छ कुनाकाप्चा केही नछोडी। अनि कोही पोर्नस्टारै बन्छु भन्छन। जे गर्छु भन्दछन, त्यो समर टायममा गरेर बाँकी समयमा साविककै काम गर्ने facultative होलान यी हाम्रा मोडलहरु? कि फुलटायम? मतलब, साँच्चै गर्छन कि गफमा मात्र गर्छन? साँच्चै गर्ने हो भने चुस्स भिडियो बनाएर फाल्दे हुनी हो केरे। 😀

तर जे सुकै देखाउन्, जे सुकै भनून्, जे सुकै बनून, बालै हो हेर्नुस्। Paola को कथा हल्का सुनेपछि चैँ नेपाली झ्यासहरुका नाङ्गिने, जीउ बेच्ने, पोर्नै खेल्ने, आदि-इत्यादि भुकाइ फिका लाग्न थालेका छन। यसले जीउ बेच्छे। र पनि आफूप्रति आत्मसम्मान उत्तिकै। उसको लोग्नेले उसलाई गर्ने सम्मान र व्यवहारमा केही फरक छैन। हाम्रा केही मोडलहरु भन्दा माथिल्लो स्तरको सोचाइ पनि – काम भनेको काम हो; नाङ्गिएर अरुको लागि हैन, आफ्नो लागि गरिरहेकी छु भन्ने मेन्टालिटी।

नाङ्गिने, द्र्व्यमा झाङ्गिने नेपाली कन्याहरुमा आफूप्रति उति नै सम्मान छजस्तो लाग्दैन मिडियामा यिनीहरुका कुरा पढ्दा, सुन्दा। सबैजना जीउ बेचेर आत्मसम्मान खोज्न जाऊ भन्न खोज्या हैन नि फेरि हाहाहा। हाम्रामा शायदै यस्तोखाले (उदार) सोच भेटिएला। कोही कट्टर फेमिनिस्टै छन भने पनि ‘सामाजिक क्रान्तिका खातिर’ भनेर खुलेआम वेश्यावृत्तिमा लाग्ने ह्याउ हुन्न। समाज (बनोट, निर्भरता, आदि) एक कारण हुनसक्छ यसको पछाडि। जति नै नाम चलेका हुन, जति नै छोटा लुगा लाउने हुन, जति नै टाटु हान्ने हुन, या जति नै खरा बोली भएकाहरु हुन, आफूप्रति सम्मान नहुनेहरु मात्र देख्छु म। एक उदाहरण: रेखा थापाले हैन र वर्षौँ सँगै बसेको, सुतेको, घुमेको मान्छेबारे भनेकी: उनी कहाँ मेरा पति हुन त; दाइसमान हुन। यति कडा मिजासकी तथा लाज-संकोच नभएकी नायिकाको आफूप्रतिको विचार त यस्तो छ भने, च्याउजस्ता मोडल नानीहरुको के कुरा?

दोश्रो उदाहरण: सार्वजनिक स्थलमा देखाइनपर्ने भद्रता र निजी प्रदर्शनबीच फरक नदेख्ने तिर्सना बूढाथोकी। फेरि दोहोर्‍याउँछु हेर्नुस्, नग्न तथा उत्तेजक फोटा पोस्टिँदा हेरिन्न भनेर भन्दिनँ। तर कुरा हेरिनुभन्दा नि देखाइनुको गर्दैछु अहिले। स्वच्छन्दता र आधुनिकतालाई भित्री विचारभन्दा पनि बाहिरी लवाइ र लवजमा बुझ्नेहरुको कुरा गर्दैछु। नारी सशक्तिकरणलाई आफू-केन्द्रित भड्किलोपनाले अर्थ्याउनेको कुरा गर्दैछु। आफैँलाई ढाँटेर हो लाई होइन भन्ने अनि आफूपरक परिभाषित गर्ने यिनी र यिनका जस्तै बानी भएका अन्यहरुलाई पाओलासँग तुलना गरेर हेर्दा बाहिरी झ्यास ठाँटभन्दा जीउ बेचेर वास्तविकतामा बाँच्नेहरु प्रति सम्मान जाग्ने रहेछ भन्ने लाग्यो मलाई।

Paola ले १९-२०-२५-२७ वर्षको उमेरमा शायदै सोचेकी थिई होला – भविष्यको लागि बाटाछेउ यसरी बसिन्छ भनेर। जे गर्दै आएकी छ, बाध्यताले नै त होला। सामाजिक र व्यक्तिगत सोचाइ (हीनताबोध) हाम्रोमा भन्दा अलि फरक भएकाले लोग्नेले नि वैचारिक सहयोग गर्दो रछ, र दिनदिनै काममा व्यस्त हुँदीरछ। मनभित्र त खै के छ।

उसको कथा हाम्रा यी उदीयमान नेपाली नमूनाहरुले सुने के ठान्लान जस्तो नि लाग्छ। फिल्ममा खेल्न, करिअर बनाउन तपाईँ अरुसँग जीउ बाँड्न तयार हुनुहुन्छ? – भनेर सोध्दा के भन्लान? जिन्दगी जिउन, पैसा कमाउन के तपाईँ वेश्यावृत्ति गर्न राजी हुनुन्छ? – भनेर सोध्दा के भन्लान?

=========

पुरुष भएर महिलाविरोधी कुरो लेख्यो भनेर त पक्कै भन्नेछन केहीले। :-))

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s