टट्टी Tales

स्कूलमा छँदा जब तुर्कमिनिस्तान जानुपर्ने हुन्थ्यो, तब घटीमा चार या पाँचजना भइन्थ्यो चर्पी छिर्ने। पालैपालो हैन, सबैजना एकैचोटि।

===============================

नेपालमा चर्पी बनाउन जान्दैनन् मान्छेहरु (जस्तो लाग्छ)। गाउँतिर बोरा-ढोड-जस्ता-आदि ले बारेका चर्पी हल्का घिनलाग्दा भए नि अर्ग्यानिक हुन्छन, किनकि बारीको पाटामा हुन्छन… खाल्डो भरिएपछि बारीको अर्को साइडतिर सर्छन। गाउँमा बस्ने किसानहरुका लागि राम्रै काम दिन्छन यस्ता चर्पीले।

तर जसले पक्की चर्पी बनाउँछन नि, आफ्नो चर्पी अरु कसैले देखे भने राष्ट्रिय-स्तरको बेइज्जत हुन्छ भन्ने सोच राखेर बनाउँछन कि प्रायले झैँ लाग्ने। घरभित्र बनाउनेले अँध्यारो कुनामा बनाउँछन, जहाँ घाम विरलै जान्छ। घरबाहिर बनेकाले घाम र हावा पाए पनि सरसफाइ खासै भेटेको छैन मैले। त्यसमाथि चर्पी सफा गर्ने टेक्निक भनेको पानीले भिजाउनु हो भनेर बुझिन्छ है हाम्रोमा, किन पो हो। भुइँ बढार्नु, बेलाँबेलाँ फिनोल छर्किनु नास्ति। पानी १ बाल्टिन खनाएर घामको मुख नदेखेपछि गन्हाएर उत्पात।

आफ्नो घरमा राम्रोसँग चर्पी बनाउन र ‘मेन्टेन’ गर्न नसक्नेले बाहिर झनै सक्दैन, वा बाल दिँदैन। त्यसैले त सार्वजनिक चर्पीको दुर्दशा त्यस्तो छ सबैलाई थाहा छ। फोहोरमाथि फोहोर सर्वत्र, दुर्गन्धमाथि दुर्गन्ध। बसपार्कको (कुनै शहर वा नगरमा) चर्पी छिर्नुस् त एकचोटि! चर्पी हैन, टर्चर हो त्यो! झन बसेर कृयाकलाप गर्नुपर्ने छ भने!? सोच्दा नि आङ सिरिङ्ग हुन्छ गाँठे।

===============================

हाम्रा स्कूलका दुईवटा ट्वाइलेट पनि लास्टै गएगुज्रेका अवस्थामा थिए। पाइन (pan) मा सबैतिर आची। विभिन्न बनौट र नापका। कतै लिँड भने कतै पातलो पत्र। पाइनभन्दा बाहिर टेक्ने केही ठाउँ छोडेर अरुतिर पनि आची। यहाँसम्म कि काम सकेर आची पखाल्न भनेर पानीले भरिएको (खुल्ला; लिड नभ’को) मिनि-ट्याङ्कीमा पनि मानव-विष्टाको कुनै कमी हुन्नथ्यो। अनुमान गर्न सकिन्छ, यिनमा लामो काम हुनै सक्तैन। र केटीहरु जाने क्वालिटीको हुँदै होइन। त्यसैले यी २ मा हामी केटाहरुको एकलौटी हक थियो।

त्यस्ता चर्पीमा मुत्र विसर्जन गर्दा पनि केटाहरु कति टैलेन्टेड भने त एक हातले अङ्ग समातेर अर्को हातमा भएको चकले भित्तामा कोर्न भ्याइहाल्थे। खासगरी मास्टरहरुलाई गाली गरेर लेख्थे। कहिलेकाहीँ सिन्के बनौट (stick figure) बनाएर त्यसमा ठूला बुबिच कोरेर कुनै केटीको नामले लेबल गर्थे। अनि चक फाल्थे भुइँको लिँडमा। एउटोले चैँ ढोका तानेर बस्नपर्थ्यो.. चुकुल थिएनन्। त्यस्ता गुका भण्डारमा चुकुल बनाएर नि के गर्नु; बनाउनका सास्ती मात्र।

मेरो ज्यान अलि ढिला मात्र लागेको। अरु हलक्क बाँसजस्ता हुँदा म फिस्टे भुइँमै थिएँ। स्याला दिक्दार लाग्थो अरुको भीम ज्यान देखेर। अझ चर्पीमा २-४ जोक्स यस्ता जान्थे जसमा आफूले पूर्ण सहभागिता जनाउन पाइन्नथ्यो। त्यो बेलाँ नि विरक्त लाग्थ्यो। एउटा किस्सा अझै याद छ।

खड्का, सुवेदी, म, थापा, र श्रेष्ठ गरी पाँच जना थिइम क्यारे त्यो दिन। मैले र श्रेष्ठले ढोकानिरको कुना च्यापिम्; बाँकीले मिनि-ट्याङ्की रोजे। खड्काले मुन्टो तन्काएर हेरेको हो या सुवेदीको जिनिस नै त्यस्तो भएर आफसेआफ देखिएको हो, थाहा भएन, तर खड्कालाई मनमा अलिकति चोट परेको चैँ बुझियो।

भन्यो (खड्काले): ‘मुजी था’छ तँलाई? तुरी ठूलो हुनी र कान सानो हुनी चाँडै मर्छन नि।‘

सुवेदीले बाल दिएन मर्नी कुरामा। दङ्गै त पर्‍यो होला मनमनै। झट्टै मुख चलायो: ‘तँ निगाले (अङ्गलाई इङ्गित गरेर) चूप लाग।‘ खड्काको आत्मसम्मानमा राम्रै चोट परेछ। यित्रो मुख पारेर लत्रेर बस्यो।

मलाई चैँ हल्का चुकचुक लाग्यो के। म नि तिनीहरु जत्रै भैद्या भए मेरा तुरीका बखान हुन्थे कि भनेर हाहाहाहा :D।

तर त्यस्ता दिन थिए। दिनैपिच्छेका अनुभव, गफगाफ, रमाइला घोचपेचहरु। चर्पीमा पाँचजना छिर्नी माहौल नबन्थ्यो त यी हुन्थेन होला।

===============================

ती २ बाहेक अन्य २ चर्पी नि थिए जुन प्राय: केटीहरुले प्रयोग गर्थे। त्यति राम्रा त थेनन्, तर जथाभावी विष्ट्याइएको थिएन तिनमा, र पानीको व्यवस्था नि ठिकै थियो। तर तीन भित्तामा झ्याल थेनन्, एकापट्टि त ढोका चाइगयो। बत्ती नि थिएन। अनि गन्हाउने त उत्ति नै हो।

यी मध्येको एउटा ट्वाइलेटाँ म १० कक्षामा हुँदा छिर्न परेको थियो। नेपालमा सबैतिर यस्तो होला नहोला तर हाम्रो स्कूलाँ भने आची बस्न जानुलाई अनि हेय या फोहोर कामको रूपमा लिइन्थ्यो। हाफ टाइमअघि हेल्थ सरले पढाउँदै हुनुहुन्थ्यो, मेरो पेट कटक्कै खायो। समस्या कस्तो त भने ठ्याक्क कक्षाबाहिर नै ती २ बस्नलायक चर्पी। सबैले देख्नी भए। त्याँमाथि, झ्यालछेउमै क्लासका केटीहरु बस्थे; यिनले ट्वाइलेट ग’को देखे त प्रतिष्ठामा ठूलै आँच आउने पक्का थ्यो। हाफ टाइमसम्म त सकिन्छ कि रोक्न भनेर तलतल झर्दै गरेको पदार्थलाई माथितिर अँचेट्दै रहेँ। क्रम १२-१५ मिनेट चलेपछि चैँ चर्पी प्रयोग नगरी नहुने अवस्थामा पुगियो। सरलाई सोधेँ। जा भन्नुभो।

बालै त हो, अब १० मिनेट बाँकी छ हाफ टाइम हुन, जसरी नि कटाउँछु यति टाइम… अनि क्लासका जनता खाजा खान गएपछि निस्कनपर्ला भनेर छिरेँ हेर्नुस् है। अरुबेला १०-१२ मिनेट आरामसँग चर्पीमा बिताउन सक्नी भनेर घरमा कुख्यात मेरो त्यो दिन २ मिनेट जतिमै काम सकियो हेर्नुस् है। पर्‍यो फसाद। यत्तिकै नि बस्चु भनेर काम सक्केपछि नि बसेँ। तर त्यो चर्पी गन्हाएर नाकलाई टेन्सन अनि पीरो राग आएर आँखालाई। ३ बाट ४ मिनेट कटाउन असम्भव जस्तै देखियो। ज्यान रहे इज्जत पछि कमाम्ला भनेर फुत्त निस्केँ नाक थुन्दै, आँखा पुछ्दै।

एउटी केटीले हल्का साइड हान्थी.. नोटसोट माग्थी, घराँ फोन नि गर्थी। मलाई उसमा खास इन्ट्रेस्ट नभए नि केटाहरुलाई धाक लाउन पाइएकै थिइयो। चर्पीयाट निस्कँदा यैसँग आँखा जुधे है मर्नलाई। अनि अर्को समस्या भनेको काम सकेपछि हात धुन साबुन नाइँ। हेल्थ पढेर हग्न ग’को विद्यार्थीले पछि हात धुन पाएन भन्दा कस्तो बेइज्जत! हात पएँठपछाडि नितम्बमा लगेर २-३ चोटि ओल्टाइ-पल्टाइ गरी दलेपछि हात ओभानो भो। तर साबुन लाइएन… सबै देखी त्यसले। बेल्का त फोन गरेर नजिस्काउनु जिस्काइ मोरीले। (तर पछिसम्म नि फोन गर्न चैँ छोडिन है। :D)

===============================

खासमा चर्पीबारे भन्न खोज्या कुरा अर्कै थियो, गफमा मस्त भइएछ। स्कूलाँ पुगियो यो साल नि। घर आएपिच्छे जान्छु म हेडसर र हेडमीस भेट्न। ती राम्रावाले चर्पी अवश्य गइयो तुर्कमिनिस्तान पुग्नका खातिर। ताल उस्तै रछ हेर्नुस् यतिका वर्षपछि पनि। न केही रंगरोगन छ, न केही सुधार। जिरो यानेकि मठ्ठ। कन्तबिजोक के।

हेडमिसलाई ‘गन्हाउन्न?’ भनेर सोधेको मैले, ‘बच्चाहरु हुँदा यस्तो त भैहाल्छ नि’ रे। बच्चाहरुलाई पैसोका मिसिन ठान्ने यी शिक्षिकाको मानसिकता देखेर दयै लाग्यो। पैलेदेखि नि यस्तै हुन। {{एसएलसीको पूरक परीक्षामा आधा दर्जन जति कमजोर विद्यार्थीलाई जानीजानी फेल गराउँथे…. जङ चलो भने स्कूल थर्काको (जुज्दाइले, अरु कल्ले हुन्थो :पी) र विद्यार्थी पास-फेलबारे लेखम्ला कुनै दिन। तर विषयवस्तुमा फर्कौँ अहिलेलाई।}}

‘बच्चाहेरुका बाउआमा आउँदा केही भन्दैनन् त?’ भनेर सोध्दा भनिन्: ‘गाउँबाट आउँछन, यिनीहरु कतिका घरमै ट्वाइलेट हुन्न। यो (स्कूलको चर्पी) त स्ट्यान्डर्ड हो नि।‘ रे। त्यसका बाजेका स्ट्यान्डर्ड। अरु केही भनिनँ।

पढाउने ठाउँमा चर्पीको त्यस्तो दुर्गति छ। बच्चाहरुले धेरै सिक्ने भनेको पढ्ने ठाउँबाट हो: दिनको ६-८ घण्टा स्कूलमा जो हुन्छन। जीवनको लामो हिस्सा विद्यालयहरुमै बित्छ हाम्रो। स्कूलले त यति साधारण कुरामा ध्यान दिन्न भने, यी हुर्केपछि बाटोछेउ मुते, रेलिङ भत्काए, चक्लेट-बिस्कुटका खोल खोलामा फाले भनेर के गुनासो गर्नु?

धूलोमूलोमा खेलेपछि, चर्पी प्रयोग गरेपछि, अनि खाना खानुअघि साबुनपानीले राम्ररी हात धुनुपर्छ भनेर साना बच्चाबच्चीलाई सिकाउने नि यिनै हुन। आफ्नै विद्यालयको प्राङ्गणमा भने साबुन नाइँ। हगेपछि टिफिन के त्यै हातले खानु? यसरी दुषित वातावरणमा हुर्काउँदा रोग लागेछ, रोग सरेर पूरै कक्षालाई आक्रान्त पारेछ भने के होला भनेर नसोच्ने हुन कि!?

जीबाउले भन्थे – हग्न बस्ता मुख खोल्न हुन्न। स्याला हाम्रो स्कूला चर्पी छिरेपछि बुझिन्छ किन मुख खोल्न हुन्न भनेर। म जमानामा पढ्दा जस्तो थियो हविगत, उस्तै छ अझै। याद गर्नुस् है, वर्षमा हजारौँ विद्यार्थी पढाउनी ठाउँको चर्पी १३ वर्षमा त फेरिन्न भने देशको यसमा विकास भएन, त्यसमा उन्नति भएन भनेर के कराउनु जस्तो नि लाग्नी के।

काठमाडौँको व्यापक नाम चलेको, SLC बोर्डमा फस्ट हानेको विद्यालयमा पनि पढेँ म केही वर्ष। यहाँ पनि ताल उस्तै थियो। हामी पढ्ने (प्राथमिक तह) ब्लकका चर्पीभित्र पानी थिएन, साबुन त किन चाइयो र पानी नभएपछि। हगेपछि के ले पुछ्नु?! तर एकचोटि कक्षाकोठाको मर्मत-सम्भार हुँदा ८-९-१० पढ्ने ब्लकतिर राखे केही हप्तालाई। यता पनि अवस्था उति राम्रो त थिएन – चर्पीयाँ ट्वाक हुन्थे तर बाहिर ड्रमबाट पानी भरेर भित्र लान पर्ने – तर खत्तमै पनि थिएन। राजधानीको कहलिएको स्कूलको ताल यस्तो थियो। अहिले सुध्रियो भन्ने आशा पनि छैन काकाकुल शहरमा।

सभ्यता भनेको सरसफाइ हो रे। अनि चर्पी र बाटो कति सफा छन, यी हेरेर समाज बुझिन्छ अरे।

टट्टी Tells.

Advertisements

2 thoughts on “टट्टी Tales

  1. चर्पी महात्म्यले मलाई नि १-२ कुरा सम्झाइदियो।
    १.उबेला होस्टलमा बस्दा चर्पीको लहरको छेउको चर्पी तुर्कमिनिस्तान डेजिग्नेटेड हुन्थ्यो,तर अचानक एकपटक त्यसमा हरेक दिन पिरामिड देखिन थाल्यो,प्यानबाट माथि शिखर देखिने गरि,फ्लोरका सबैले खोजी गरे,तुर्कमिनिस्तानमा यो के आइलाग्यो भनेर,बिहानै चियो बसेको १ जनाले देखेछ,सिनियर फ्लोरका १ जना दाजुले तुर्कमिनिस्तान रहस्यभेदन गरेर बिहानै हतपतमा पिरामिड💩💩💩 बनाउनुहुँदो रैछ,त्यसपछि धारो खोलेर फ्लस गर्न भने हतारो हुने (पानीको केही समस्या थिएन)😆😆
    २.कालेजकका चर्पीको कुरो गरम् अब,साथमा कागजको टुक्रो,पैसा मात्र भएको पर्स भेटे समेत त्यो जाँचबाट उठेर जानुपर्ने गरि कडा नियम,अनि सेमेस्टर सकिने सकिने बेलामा पेन्ट गरेको हुने,बोरोहरुले अरुतिर जस्तो लपसपको खेला केही गर्दैनथे,कसरी हुन्छ सजिलै मेटाउन गाह्रो हुने ठाम् खोजेर गाह्रो गाह्रो फर्मुला जति लेख्ने,युरिनलको १ मान्छे माथि खै कसरी लेख्थे थाहा भएन तर जाँचका बेलाँ फ्रेस हुन निस्किँदा भने गज्जब हुने।कोहीकोहीले त त्यसरी नै कोडभाषामा C++को एल्गोरिद्म लेखेर पास पनि गरे भन्नि सुनियो।😂😂
    पेट भर्न पाउने 🍚🍚जस्तै पेट खाली गर्न पाउने💩💩 अधिकारको पनि सम्मान यो देशमा कसरी हुन्छ होला?😝😝😂😂

    Like

  2. हाहाहा पढेर खुब रमाइलो लाग्यो! म स्कूलमा पढ्ने बेला नि यस्तै हुन्थ्यो, अध्यारो, गनाउने (आची भने तपाइले भन्या जस्तो छरिएर बसेका हुन्थेनन् हिहिही) अनि भित्तामा नाना थरिका कुरा लेख्ने। एक चोटी भाईले टोइलेटमा मेरो नाम लेखेको देखेछ, के के न होला भनेर असाध्यै खसखस लाग्यो अनि स्कुल छुट्टी भएपछी हेर्न गए Boys Toilet मा- अध्यारोमा केहि देखिन, दुन्ग्दुंग गनाएर बसी नसक्नु भयो- अनि कसैले देख्ला कि भनेर फर्किहाले!
    पछी एकजना मिल्ने साथिलाई सोद्दा “आइ लभ फलानो” भनेर लेख्या रैछ, दुई हप्ता सम्म मख्ख परे 😀

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s