लोमान्थाङ्गको सेरोफेरो

Lo-Manthang Aerial View

 

लोदर – १

लोदर लाग्न तब शुरु भयो जब हामीले टिकट काटेको बस इन्धन अभावका कारण नजाने भयो। B ५ र ६ सीटमा ऐशका साथ सुत्तै जाम्ला भन्नी सपना तुहियो हेर्नुहोस् है।

अनि अर्को बसको लास्ट सीटाँ लगेर राख्द्यो हामी दाजुभाइलाई। लौ, यो पनि मन्जूरै छ भनेर चित्त बुझाउन मात्र के लाइया थ्यो, बसको मालिकले ‘सरहरु क्याबिनमा आउनुस्, म उता मिलाइदिन्छु…. याँ पूछाराँ किन बस्नुहुन्छ’ भनो।

लौ न त, पाइलटसँगै ककपिटाँ बसेर जान पाइनी भैयो भनेर गमक्क परेको त त्यो झन रद्दीच ठाउँ हुनी रछ… आफूले नाइट बसाँ क्याबिनाँ पैले बसेको नाइँ। अनुभव नहुनुले मार्‍यो।

न टाउको अडाउनी ठाउँ छ, न खुट्टो तन्काउनी ठाउँ। म त जिनतिन गुजारा गर्दै थेँ, तर सन्तोक दाइ बोरो विचराको त छेवैमा नवजात शिशुसहितकी माता थिइन्। बसले बिरेक बेस्सरी लगाउँदा ढेपिएर आमा-बच्चालाई थिचिइन्छ कि भनेर सतर्क हुनपर्ने।

पोखरा पुगेपछि सीट ३ र ४ खाली भए। खाली सीट हेर्दै म थुक निलेर बस्या थेँ, कत्थेर त्याँ चाक अडाउन र ज्यान लडाउन पाइन्छ भनेर। बसा मालिक नि पोखरैको रछ, झर्ने बेला भनो – तपाईँ सरहरु त्याँ गएर सुत्नुस् आरामले। तेस्का बाउ, बल्ल हल्का चैन मिलो।

तर लोदर लाग्न सकिया थिएन। मालढुङ्गा पुगेपछि ठ्यास्नी पाइलट र सिनियर खलेको मिलेमतोमा बेनी जाने सबलाई उतारेर बस बाग्लुङ्गतिर लाग्यो। प्रतिरोध गर्दा नि उनीहरुले अर्को बसको लागि टिकट मिलाइदेनन्। लौ त लौ यस्तै त रछ नि भन्नी सोच्दै अर्को लोकल बस चढेर बेनी पुगेम।

(हामीले सीट नपाएसम्म पाउल दाजु हामीसँगै नयाँ बसपार्कमा हुनुहुन्थ्यो। बुडा बेलाबेलाँ तीन बित्ता उफ्रन्चन तुइटराँ, तर साह्रै मनकारी छन है कुमार दाइ।)

टिम भैरहवा

छ जनाको गुरुपमा पहिले चार जना सोल्टाहरुसँग हल्का चिनापर्ची भयो; २ जनासँग अलि पछि। बेनीमा चिया सँगै पिएम, अनि जोमसोम-मुस्ताङ्ग को कता पुग्ने हो, तीबारे कुरा भए। केटाहरु रछन भैरहवामा इन्जिनियरिङ पढ्दै गरेका। विभिन्न पार्टीका नेता तथा सल्लाहकारहरु, तर सम्बन्ध चैँ टोटल कोखे भाइहरुबीच जस्तो। गजबको मेल के यिनीहरुबीच। अनि यी हिँडेका रछन जोमसोम र मुक्तिनाथतिर पुग्ने र घुम्नेगरी।

अब सन्तोक दाइ बोरो (@sapkl) परे गफैले पूरै काठमाडौँ खाएर बसेका। भैरहवा टिमलाई कुरैकुराको सिलसिलामा ललाई-फकाई जोमसोम पुग्दा नपुग्दासम्म त अपर मुस्ताङ्ग जाने बनाइसकेचन हेर्नुस् है!! केटाहरु नि व्यापक रमाइला, घुम्नै भनेर आएका, त्यसैले स्वनिर्णयको कुरो नि थियो। तर सन्तोक बोरो ड्याञ्जर मुन्छे रछन भन्नी चैँ मैले त्याँबट चाल पाइँ।

टिम भैरहवा यसप्रकार रहेको थियो:

  • प्यूठान: ठाडो, ठर्रो पहाडे बोली। मलाई चैँ प्यूठानी कम, आफ्नै काभ्रेली भाइ बढी जस्तो लाग्यो यिनीसँग बात मार्दा।
  • बाबु धुर: चुम्बकको पर्याय माने हुन्छ यिनलाई। जता पुग्छन, उतै सम्बन्ध गाँस्न खप्पीस। टिमकै सबैभन्दा सोसल ठिटो।
  • मोटु (@prakashadh): यिनको अनुहारमा मुस्कानबाहेक केही नहुने। कुरा नि बहुत मीठा तर खाँट्टी… सँगै बसेर जम्नको लागि यिनी अति उत्तम।
  • माइला: खासमा जन्मले माइला हैन रछन यी। अरुभन्दा अलि थोरै नै बोल्ने, तर शालीन।
  • घिमिरे भाइ उर्फ इमोशनल बम्ब: गजबको गीत गाउने यिनी तत्काल सेन्टी भैहाल्दा रछन। शायद टिमका सबसे कान्छा नि यिनै होलान।
  • गजल (@forever_hits): सबैभन्दा रसिक यिनी गजलमा राम्रै दखल राख्दा रछन। यिनको एक गजलको २ लाइन याद छ:यो दाह्री त्यो गालामा नदलेको धेरै भयो
    तिमी र म एकान्तमा नचलेको धेरै भयो

(यो गजलमा कैयन् लाइन बाँकी छन भन्ने हाम्लाई लाइराछ। तर छुसाङबाट लोमान्थाङ्ग जाँदा जीपको पछाडि बस्न गइएन, र सुन्न पाइएन बाँकी भाग हाहाहा।)

भैरहवा टिमको नभए पनि नोर्बु नि थ्यो है हामीसँग, लगभग लोमान्थाङ्गसम्मै। भविष्यको राम्रो फुटबल खेलाडीको रुपमा चिनिन सक्ने प्रतिभा हो नोर्बु। 🙂

Team Lo-Manthang :)

Team Lo-Manthang 🙂

 

लोमान्थाङ घुमाइ

दिन १ = लोमान्थाङ पुगेको दिन टिम भैरहवा हामी सँगै थियो। राजाको दरबार घुम्यौँ, गुम्बाहरु घुम्यौँ। एउटा गुम्बामै हो, त्यो सानो लामाले मलाई ‘म बाबु हैन, लामा हो’ भनेको। हाहा 😀

अनि लोमान्थाङ शहरको चप्पा चप्पा छान पनि मारियो, लगभग हराएकी @jagretee लाई खोज्न। :p

एउटो गल्ली

एउटो गल्ली

 

घुमाइ सकिन लाग्दा मोटुले प्रोपोज गरे: एउटा डाँडातिर जाम, एकछिन घुमम्, अनि फर्कम् र मार्फा लगाम्। लौ त भनेर गइयो। आइयो पनि। जानुअघि ३ बोतल मार्फा मगाइएको नि थियो।

बेल्का चै नि के भो त भन्नोला भने, मार्फाको साटो लोकल रक्सी आएछ। केटाहरु झन्नै फायर। हाहाहाहहा।

यै भए नि चाख्दिम यहाँ आएको बेला भनेर चाखियो। भरे रैछ पानी बराबर। सुक्को छोएको भए त मरिजाम। तर चाख्न चैँ चाखियो भनम न। फिलिम-टिभीतिर देखाएसरी लसुनका पोटी टोक्दै लोकल रौसीको शिशे गिलाँस ट्वाक्क टेबलाँ नि राखियो। :पी

दिन २ मा टिम १० बाट घटेर ४ मा सीमित भयो। केटाहरुलाई विदाइ गर्दा त एकछिन बडा नरमाइलो लाग्यो। तर नि यताउति गरियो, फुटोसुटो खिचियो, चेश्मा लाएर, हिरो-हिरुनी पल्टेर। ;)) आफूसँग कालो चेश्मा नहुनेहरुले चेश्मा मागेर भए नि हिरुनी पल्टे। 😀

सानो समूह

सानो समूह

 

माथि जोङ्ग (Jhong) गुफा+गुम्बा नि पुगियो। यो चैँ ४१५० मिटरमा अवस्थित छ भनेर एक लोकलले भने हाम्लाई। उनका अनुसार तिब्बतको बोर्डर जम्माजम्मी ७ कि.मि. टाढा अरे त्याँबाट। तर जाने समय नभएकाले बोर्डरसम्म चैँ गइएन।

Jhong/Zhong Cave ईलाका

Jhong/Zhong Cave ईलाका

 

यिनकै पसलमा खास्साको नुन चिया नि खाइयो। यिनले २२-२५ हजारमा किनेको गजबको तिब्बती चुल्हो, जसले सुकेको कुरा सबै लिन्छ (गुइँठा, दाउरा, गोबर, पत्कर, आदि), को अगाडि टाङ नि सेकाइयो त्यो जाडोमा। बडा मजा आयो हेर्नुस् एकछिन त्याँ बरालिँदा।

जोङ्ग गुफा जाँदा बाटामा एकजना बूढो मान्छे भेटिएका थिए। दुईवटा जोप्पा जातका गोरु खेद्दै थिए उनी। घर चैँ डोल्पा रे, तर जोवनदेखि नै छोसार (जोङ्ग गुफा भए वरपर) बसेका रहेछन यिनी। छोराबुहारी अन्यत्रै बस्न थालेपछि घर रूँग्नका लागि मात्र भए पनि यिनी यतै बस्दा रहेछन।

फर्केर आउँदा भत्किसकेको लोमान्थाङ्ग गढीमा चढियो। गढीमा चढ्न झन्नै सास खुस्कने गरी अर्को पहाड चढियो। बेपत्तै हावा चल्नी रछ माथि। २-४ सट फोटो हानेर ठाडो ओरालो तल हुटेलतिर झरियो।

फर्कँदा - १

फर्कँदा – १

 

फर्कँदा - २

फर्कँदा – २

 

लोदर – २

बिहान उठ्दा फुसफुस हिउँ परेको थियो। स्याला कास्टिङ नै झुर जस्तो लाग्या त थ्यो मलाई। (हिउँ मन पर्दैन।) तर कसैलाई भनिनँ।

त्यो रात कागबेनी वा मुक्तिनाथ बस्ने उद्देश्य थियो, त्यसैले जीप चढियो लोमान्थाङबाट। जीप चढ्दा केही थान जन्तुहरुले आफ्नो औकात देखाए, सीटमा जबरजस्ती बसेर। हुन त सीटमा कसैको बाउको नाम लेख्या हुन्न। हामी ४ जना सँगै बसेर जाने प्लान थ्यो, जुन हाँडीघोप्टेहरुले विफल पारिदिए। अनि हामी गइम पछाडि बस्न।

अलि तल आएपछि जीपबाट बसमा सारियो। घर्मी (घुर्मी वा घामी पनि भन्दा रहेछन) भन्ने ठाउँमा आएपछि बस बिग्रियो। एउटा तामाङ केटो बस चढेपछि ठ्याम्मै बिग्रिया हो भन्ने मेरो अन्धविश्वासी अनुमान रह्यो। अनि नाम भयो उसको – ‘लोदर सोल्टी’। लोदर सोल्टीको थुतुनो कागबेनीको होटलमा नि देखियो। त्यसैले बहुत घटिया खाना मुखमा पर्‍यो त्यो रात।

लगभग २.५ घण्टा बस बनाउन खर्च भयो। र जीप मगाउन पनि। यो बेला अन्ताक्षरी खेलियो। किपात पढियो। अनि हुटेलाँ चिया नि खाइयो।

जीप आएसी चढियो, तर यस्तो बबाल हिउँ पर्न थालो कि बाहिर हेर्दा व्यापक राम्रो तर मन पनि उत्तिकै त्रसित: हिउँले गर्दा जीप अघि बढेन भने के गर्ने? हुस्सु नि बाक्लै लाग्या थ्यो।

यस्तो खतरनाक वातावरणमा पनि धन्न जीपले भेना भन्ने ठाउँमा ल्यायो। याँ ओर्लेर पारिपट्टि अर्को जीपमा चढेम। जब उचाइ घट्दै गयो र हिउँ हराउँदै गयो, अनि बल्ल ढुक्क भइयो कि छुसाङ पुगिन्छ।

सिन्डिकेटको हिङवाला टालो

मेरो घराँ हिङ नभए नि हिङ पोको पार्‍या टालो छ भनेर धाक दिन्थे रे उइलेउइले। मुस्ताङको यातायात व्यवसायीबीच पनि त्यस्तै रहेछ अझ।

हामी छुसाङ पुग्नुभन्दा पहिले अर्कै २-३ टिमलाई ३० जना मान्छे भए जोमसोमसम्म बस पठाइदिन्छौँ भनेका रहेछन्। हामी (३ जीपमा गरेर लगभग १७-१८ जना हुनुपर्छ) पुगेपछि एक्कासी नजाने भने। अनि एकछिनपछि कुरा फेर्दै ४० जना भए मात्र जाने भने। अनि पछि ‘जति नै जना भए पनि हामी कसैको जिम्मेवारी लिन सक्दैनौँ’ भने। मतलब, जाने इच्छा नै थिएन।

बल्ल बल्ल सबैले आ-आफ्नो औकातले भ्याएअनुसारका डाइलक मारेपछि जोमसोमको अफिसाँ फोन गरो एउटा मटे सोल्टीले। उताबाट पोजिटिभ कुरा आएपछि हामी जाने भइम।

कागबेनीमा झर्ने हामीबाट नि जोमसोमसम्मकै पैसा ठटाएर लिइयो।

सिन्डिकेट धेरै हदसम्म हराएको भए पनि यात्रु चेपिने ठाउँमा च्याप्न यिनीहरु अझै उत्तिकै माहिर छन।

गाईको मासु र मुक्तिनाथमा पाप विसर्जन

मैले भनेको कसैले सुनेनन्।

मैले के भनेको थिएँ भने – हेर, मुक्तिनाथ सम्म आका छौ। धर्मकर्म बालै हो, १०८ धारामा हिउँ झैँ चिसो पानीले न्वाएर एक्स्पिरियाँस त बटुल!

तर सन्तोक सर बोरो तर्किए – मैले पैलै न्वाइसक्या हुम।

जागृति – विरामी मुन्छे, यिनको समस्से बुझियो।

उपाशना (@gupashana) – जागृतिकी बुइनीले लाजैले त होला केरे त नि, न्वाइनन्। ;-))

जुज्दाइ – अब जुज्दाइ एक्स्पिरियाँस बटुल्न कैले नि पछि हट्ने वालै हैन। छोरोले चियाट्ट ला’र लुगा खोलो। वार्ड्रोब मालफङ्सन नहोस् भनेर कट्टुउपर जाँघे लायो। अन्त्याँण १०८ धारा मुन्तिराट गुटुटुटु कुदो। अनि दुइटा कुन्डाँ सिलिम यान्ड सेउसी ज्यान चोपलेसी बडा आनन्द आयो। आनन्द आएको चैँ धर्मकर्म गरियो भनेर हैन कि, बरु उपस्थित चार जनामध्ये मुटु भको त जुज्दाइ एक्लै हैछु भनेर। :डी

अनि कथाले रोचक मोड लियो। बब मार्ली होटेलाँ छिरियो। भात छ? भन्या, छैन भनी एउटी नानीले। मेनुको अडर गर्नुस्, चाँडै हुन्च भनी। बिज्नेस ट्याक्टिक सोलिड हो के।

मेनु हेरेको, याकको मासुमा आँखो गैगो। मैले भने, याक खाम आज, एक्स्पिरियाँस लिम। याँ चैँ जनताले मञ्जुरीनामा दिए।

अर्डर गरेका कुरा आए। सबले दबेटे सास नफेरी।

मैले भनेँ – सबैको धर्म भ्रष्ट भयो, गाई जो खायौ।

२ दिनअघि देखि yak भनेको चौरी गाई हो, तर यो भनेको ‘हिन्दू गाई’ हो कि हैन भनेर हल्का परिचर्चा चल्या नि थ्यो।

कसैले के भने कसैले के, तर कसैबाट प्रष्ट जवाफ आएन। म परेँ एकल जसले अघि न्वाएर पापमोचन गरिसकेको थ्यो। म ढुक्कै, अरुको मनाँ खै के थ्यो… मासु चैँ बुत्ताए है सबले। 🙂

मुक्तिनाथमा परेको हिउँ

मुक्तिनाथमा परेको हिउँ

 

मुक्तिनाथमा हिउँ पर्दा नि फोटो खित्न क्यामरा झिक्ने प्रयास गर्दै हल दाइ बोरो

मुक्तिनाथमा हिउँ पर्दा नि फोटो खित्न क्यामरा झिक्ने प्रयास गर्दै हल दाइ बोरो

 

माइक्रोसफ्ट वर्डाँ ५ पन्ना भेटिसकेछ। कुरा अब बिट मारम होला।

लोमान्थाङ्ग, र समग्र मुस्ताङ्ग घुम्न जानपर्ने ठाउँ चैँ हो रहेछ है। मिलेसम्म जाम। ८-१० दिनको समय छ, र यातायातमा अवरोध भएन भने तल्लो र माथ्लो मुस्ताङ्ग दुवै घुम्न भ्याइन्छ।

खेस्रा खर्च विवरण यसप्रकार छ (प्रति व्यक्ति):

काठमाडौँ-बेनी: रु. ७५०-८५० (बस)
बेनी-जोमसोम: रु. ८०० (बस)
जोमसोम-मुक्तिनाथ: रु. ३०० (जीप)
जोमसोम-छुसाङ: रु. ३०० (बस)
छुसाङ-लोमान्थाङ: रु. १५०० (जीप/बस)

बस्न-खान भने त्यति खर्च हुन्न। बस्न सरदर रु. ३०० र सादा खानाको सरदर रु. २०० पर्दो रहेछ।

Advertisements

3 thoughts on “लोमान्थाङ्गको सेरोफेरो

  1. धन्यवाद, पढिदिनु भएको र कमेन्ट गरिदिनु भएकोमा। 🙂

    Like

  2. निकै रमाइलो लेख जति रमाइलो बिषयबस्तु त्यो भन्दा नि रमाइलो त्यस्मा प्रयोग भएका शब्दहरले सुन मा सुगन्ध थपेको छ।

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s