मधेश आन्दोलनका सामन्ती युवा

 

नेपालका कुनै नेताले पनि जनताका लागि केही गर्छ भनेर सोच्नु बेकार छ। पहाडे होस् या मधेशी, कुरा उही हो। धन्न, पहाडमा त बानी परिसक्यो – नेता आउँछ, बडेबडे कुरा गर्छ, जान्छ। जनताले भोट हाल्छन नै, भेडा जो हुन। तर आश गर्ने बानी तब मर्‍यो जब १७००० मरे। यो भन्दा अघि नि आश खासै रहेको त हैन, तर ‘तिम्रो ज्यान देऊ, बदलामा समाजलाई अधिकार दिन्छौँ’ को बासी नारा पहाडले पचाइसक्यो। तराइमा यो आइटम नयैँ रहेछ। विडम्बना। थप विडम्वना चैँ यस्ता नारा फैलाउन मधेशी युवा नै बढी लागिपरेका छन। थाहा नभएर हो या भित्री एजेण्डा अर्कै भएर हो, सामाजिक सञ्जालमा मधेशी नेता र नाराको बारेमा अधिकांश मधेशी युवाले प्रतिप्रश्न गरेको वा क्रिटिकल्ली सोचेको देखिन्न। नेताले जे छाद्छ, त्यो चाट्ने परम्परा पहाडमा उहिलेदेखि थियो, अझै छ। तराइतिर नहोस् कि भनेको, बानी सरिसकेछ। सामन्तीको भएभरको खराब बानी सरेपछि त्यो मान्छे चैँ सामन्ती बन्छ कि बन्दैन?

यसो हेर्छु टुइटरमा, देख्छु:

  • मधेश आन्दोलन सफल पारौँ
  • यो हक र अधिकारको लडाइँ हो
  • केन्द्रीय राज्यसत्ता ढाल्नै पर्छ
  • राजधानी केन्द्रित पुरातनवादी शक्तिको अवसान हुनै पर्छ
  • ज्यान जाओस्, तर यो सत्यको लडाइँबाट पछि हट्न हुन्न
  • देखाउनु पर्छ नेपाललाई, मधेशको शक्ति कति छ

आदि इत्यादि।

Continue reading

Advertisements