Far Cry 4 – नेपाली परिवेशमा आधारित भिडियो गेम

 

Far Cry® 4_20160123194905

 

आमाको इच्छा पूरा गर्न सन्तानले के गर्दैन?

खास यही मूल theme बोकेर Far Cry 4 भिडियो गेम बनाइएको छ। तर ‘आमाको इच्छा पूरा गर्ने’ बारे गेमले कहिल्यै इमो हान्दैन, र गेम खेल्नेलाई मिनेटैपिच्छे रुवाउँदैन। रूञ्चे सिर्जनामा डुब्ने र अरुलाई पनि जबरजस्ती डुबाउन खोज्ने हाम्रा २ पैसे झ्यास लेखकहरुले बुझे हुने।

नेपाली भाषा, भू-बनोट र तात्कालिन माओवादी द्वन्दमा आधारित भएर यो गेम बनेको छ भन्ने सुनेदेखिन खेल्न मन लाग्या थियो। गेम २०१४ को नोभेम्बरमा रिलिज भएपनि पढाइ, जागिर, ह्यान, र त्यानले गर्दा खेल्ने मेसो मिलेको थिएन। २०१६ को जेनुअरीमा बल्ल फुर्सद मिल्यो र खेल्न थालेँ। Far Cry 4 अघि Far Cry 3 खेलेको थिएँ, जसले निकै राम्रो प्रभाव (मनोरञ्जनका हिसाबमा) पारेको थियो। झन Far Cry 4 नेपाली परिवेशमा आधारित छ भन्ने थाहा पाएपछि त नखेल्ने कुरै भएन।

Continue reading

Advertisements