मायाको बारीमा घ्याम्पो जत्रो पेट

मायाको बारीमा घ्याम्पो जत्रो पेट (Of boobs, balls, & babies)

खासमा ‘of boobs, balls, & babies’ शीर्षक राखेर खुंखार अङ्ग्रेजीमा लेख्छु भन्ने सोचेर ४-५ महिनअघि नै लेख्न थाल्या थेँ यो। अब कसलाई ढाँटेर कसकी छोरी पट्याउनु छ र। त्यो नि बलग लेखेर। साँचो कुरो चैँ खास के हो त भने, मार्केटाँ ‘यल्लाई अंग्रेजी नि खत्रै आउँदो रछ’ भन्नी सोचून न जनताले जस्तो लाग्या’थ्यो हेर्नुस्। स्याला अंग्रेजी बेचेर मान्छेहर्ले बजाराँ घर, राजमार्गाँ घडेरी जोड्या देख्ता हामी नि धाक लाम न त जस्तो नलाग्या हैन।

अनि आज लेख सक्न जाँगर चल्या चैँ अघि तुइटराँ २-४ जना बास्दै थिए, नारीमाथि प्रहार भो भनेर। खास त्यसैको रेस्पोन्स यो हो… फूलजस्ता सुकोमल नानीहरु, जो फक्रिन बाँकी नै छन जस्तो छ, तिनलाई सुझाउनबुझाउन। नबुझे यित्रैसिती हो, ठेक्का लिएर चैँ बसिन्न।

‘ठूलीको कत्रो ठूलो’ भन्ने तुइटबाट कुरो शुरु भएको रैछ। यो तुइट लेख्ने जन्तु र यि ठूली भनेकी अपरम्पार दुवैसँग मेरो फलाफल नि छैन, चिन्जान नि छैन। कसैको पक्ष लिएको पनि छैन, केवल पहिल्यै लेखिसकेको विचारमा नयाँ कुरा जोड्न खोजेको मात्र।

के ठूलो भनेर बुझ पचाइरहन पर्दैन होला। शायद (ठूलीलाई देखेर तिनको) बुबिच वा नितम्ब ठूलै भन्या त होलान्। अब आँखा, ओठ, तिघ्रा, आदि ठूलो पनि भनेको होला। वा यिनको पर्स पो ठूलो देखे कि। तर बालैसिती मलाई, जे कुरोलाई इङ्गित गरेको भएपनि। बाझाबाझ र ताण्डव चल्दै रछ र चुस्स यो बासी लेख याद आयो, पूरै लेख्चु भनेर जाँगर चल्यो।

‘ठूलीको कति सानो’ भन्या भए नि आउटकम उही नै हुन्थ्यो होला। किनभने जे भने नि सुख छैन। नहेरौँ, बायोलोजीले दिँदैन। हेरेर कमेन्टिउँ, कस्तो गाह्रो।

र, ठूलीको साइडबाट हेर्दा – नभन्नु भनिहाल्यो, यसलाई गलाउन त परिगो। शायद यी ठूलीजीलाई भित्रैबाट चोट परेको पनि हुँदो हो, नामै किटेर आफ्नो कुनै अंगबारे सार्वजनिक रुपमा भनेपछि रिस उठ्यो पनि होला।

तर म दुवै पक्षबारे मूसोको चाक पनि दिन्न (don’t give a rat’s ass hhaha)। २-४ सिकेका कुरा चैँ भन्छु। जाँतोले फेरि लेक्चर शुरु गर्न लागो भन्नुहोला, यो पनि बालैसिती। 😉

 

यो माया के हो… आगो हो कि पानी हो?

झ्यासहरुको रोइलो हेर्दा त आँशु, पीडा, धोकाबाहेक केही हैन। अझ केटीहरु झन उत्पात रोइलिन। यति रोइलो यिनका माताश्री-पिताश्रीले यिनका लागि गरेका भए यिनीहरु १३ वर्षमै पासो लाएर मर्थे होला, सहन नसकेर। (अनि हाम्लाई हाइसञ्चो हुन्थ्यो अहिले।)

धेरै नानीबाबुहरुको भ्रम तोड्दिहालौँ – यो माया साया भन्ने चीज सब मिथ्या हो। माया भनेको शरीरमा हुने हर्मोनहरुको क्रिया-प्रतिक्रियाहरुले विपरितलिङ्गीसँग आकर्षित गराएर बच्चा पाउन लालायित गराउने अनुभूति मात्र हो। कोही देख्दा माया बसेजस्तो हुन्च भने सोच्नुस्, त्योसँग मिलेर बच्चो पाउन पाए कस्तो हुन्थ्यो होला भन्ने विचारले दिमागमा खुट्टो राखिसक्यो। ‘हैन, मेरो केसमा त यस्तो छैन’ भनेर सोच्नेहरुलाई नमस्कार भन्दै उचित भाले या पोथीको व्यवस्था भएपछि के हुँदो रछ, त्यसको रिपोर्ट जुज्दाइलाई दिनुहुन अनुरोध।

सँगै बस्दा, सँगै खाँदा, सँगै सुत्दा, सँगै डुल्दा उत्पन्न हुने साइडइफकेक्टको नाम हो माया। एउटो/एउटीसँग सम्बन्ध टुटाएर अर्कैसँग बस्न गए, अर्कैसँग खान गए, अर्कैसँग सुत्न गए, अर्कैसँग डुल्न गए यो साइड इफेक्ट फेरि देखिन्छ। त्यसैले त माया सारे सर्छ भन्छन नि। १० हजार जनामा १० हजार जनासँगै बसे, खाए, सुते, डुले १० हजारैसँग बस्ने यो ‘गाढा र चोखो, एकमात्र माया’ कस्तो तोर्पे जिनिस हो?!

पैले एउटा अर्को पोष्टमा नि लेख्या थेँ – जीवित प्राणीहरुको जिन्दगीको उद्देश्य केवल यी दुई हुन: खानु र बच्चा पाउनु। र यो खाने-बच्चा पाउने प्रक्रिया दोहोराई रहन्छन, नमरेसम्म। यीबाके जिन्दगीमा भैपरी आउने माया, चाया, दायाँ-बायाँ सबै तपशील हुन। बायोलोजी बुझ्ने जसैलाई सोध्दा पनि हुन्छ, उत्तर यही हुनेछ।

जीवनको सार के हो भनेर मान्छे घोत्लिन्छन। बच्चा पाउनु, जीनले डाँडाकाँडा ढाकेको देख्नु हो, अनि मर्नु हो। ज्यादा फिलोसोफिकल बन्नु जरुरी छैन।

अब माया माया भनेर रातोदिन रुन्छन रुन त। तर फ्याट्ट ‘तिम्रो जीउ कस्तो मन पर्‍यो (वा छ्या कस्ती हाँडीजस्ती)’ भनेर कसैले भन्यो भने चैँ जीउमा देउता पसेझैँ उफ्रन्छन।

भन्छन – पुरुषहरुले हाम्रो शरीर हेरेर मन पराउँछन या पराउन्नन्। नारीको अब्जेक्टिभफाइ भयो। यो घृणालायक काम हो। हाम्रो अंग कसैका लागि रमाइलोको साधन हैन। तेरै आमा, दिदीलाई गएर भन्। ह्यान रे त्यान रे।

अब म हैन त भन्दिनँ, तर बायोलोजी कसरी चल्छ त्यो चैँ भन्छु।

 

आइ अब्जेक्ट टु लुडिक्रस तर्क अफ शरीरको अबजेक्टिफिकेशन

बच्चा पाउँदा सबैभन्दा राम्रो बच्चा पाउने ध्येय हुन्छ सबै प्राणीहरुको। दिमागले थाहा हुने गरी नसोच्ला, तर दिमागले सोचिरहेको भने पक्का हुन्छ। त्यसैअनुसार भालेले पोथी र पोथीले भाले अच्छा टाइपको छान्दछन। हिँडडुल गर्न असमर्थ विरूवाहरुमा त सेलेक्टिभ मेटिङ हुन्छ भने (read about reproductive incompatibilities, selection of pollination vectors, etc if you are interested) अरुमा नहुने कुरै भएन। मान्छेहरुको केसमा झन अति नै सेलेक्सन हुन्छ हेर्नुस्। जस्तो: लाटा, बहिरा, अन्धा, वा अन्य अंगभंग भएकाले विवाह गर्न ज्यादै मुश्किल छ, याट लिस्ट हाम्रो समाजमा। नहुने नै त हैनन्, तर सामान्यतया गाह्रो छ । वा भएपनि आफू रोजा जोडो-जोडी पाउन कठिन। यो किन हुन्छ भन्दा सर्वप्रथम बच्चा राम्रो नहोला कि भन्ने डरले। सामाजिक, व्यक्तिगत, आर्थिक आदि कारणहरु पनि नजोडिने हैनन्, तर आफ्नो जीन राम्रोसँग नहुर्केला भन्ने भयले गर्दा मानिसहरु “लक्षणले युक्त” साथी खोज्छन, बच्चा उत्पादनका हेतु।

जब कुनै महिलाको शरीर हेरिन्छ (पुरुषको पनि हेरिन्छ, बाइदवे, याद गर्नुहोला), तब प्राथमिकता पाउँछ त बच्चा कस्तो हुन्छले।

एनिवे, स्तन हेरियो, नितम्ब हेरियो, छालाको रंग र अनुहारको सुन्दरता हेरियो भनिन्छ। हो, हेरिन्छ। हृष्टपुष्ट शरीरले राम्रो स्वास्थ्यको परिचायक हो भने सुन्दरता र चालढाल ‘सुनमा सुगन्ध’ खाले विशेषणहरु। मानिसमा मात्र हुने हैन। डिस्कभरी चेनल हेर्नुस्, चराका, पुतलीका, बाघका भालेपोथीहरु बीच शक्ति-प्रदर्शन, सुन्दरता प्रदर्शन, नृत्य र संगीतको माहौल, आदि सबै हुन्छन। ‘म राम्रो छु, मलाई हेर’ भन्नुको अर्थ आखिरमा ‘तिम्रो र मेरो घर बस्यो भने बच्चा क्या दामी हुन्छ’ भन्नेखाले हो। अब सबैले बिहे नै गर्छन भन्ने त छैन (बच्चाका लागि बिहे नै चाहिन्छ पनि भनेको छैन), तर सबकन्सियस हिसाबमा उत्पन्न हुने विचार यही हो।

ठूला बुबीमा आँखा जान्छन भने पनि यही कारणले गर्दा हो। आँखालाई शीतलता मिल्ने भनेको ‘यसको मेरो समागम भएमा….’ भन्ने विचारले हो। भलै बच्चोको बीऊ नबस्ला, तर समागमको उद्देश्य बच्चो उत्पादन गर्नु भएकाले राम्रा बुबु र राम्रा नितम्बमा आँखा पर्नु स्वाभाविक हो। प्रकृतिले नै आफ्नो पार्टनर छान्न हामीमात्र हैन सबै जीवलाई केही न केही यस्तै संकेतहरु दिएको हुन्छ। प्रकृतिले जसरी बनाइन्, त्यसको उल्टो जानु अब? वाहियात।

 

म दिदीको हेर्छु, तिमी दाइलाई हेर्न देऊ

अर्को धेरै सुनिने कुरा: हाम्रो अंगबारे कुरा गर्ने हो भने तेरो दिदीबैनीको हेर् अरे। कुरा कस्ता गर्छन त भने, हरिद्वार भर्सेज मलद्वार जस्ता। कसरी आमा, दिदी-बैनी जोडिन्छन थाहा हुन्न। के तिम्लाई चैँ तिम्रा दाइभाइले बाटो ढुकेर जिस्काउँछन हो भनेर सोध्न नि नमिल्ने। कि मिल्छ? जिस्काउँछन हो?

हाम्रो समाजले (र धेरै अरु समाजले) केटीहरु खुला भएको देख्न चाहन्न, विदितै छ। तर यसो हो भन्दैमा उनीहरुमा पनि इच्छा-आकांक्षा नहुने त हैनन्। मलाई चैँ के लाग्छ भने जब केटाहरुले खुलेआम जिस्काउन र मनपरी भन्न पाउँछन (विडम्बना) र केटीहरुले पाउन्नन् (घोर विडम्बना), तब त्यो रिसले ‘तेरा दिदीबैनीलाई जिस्का’ भन्ने डाइलगको रुप लिन्छ जस्तो लाग्छ।

यस्तो घटिया तर्क सबैले गर्दैनन्। किनकि सबै अबुझ हुन्नन्। आकर्षणले नै भालेलाई आफूतिर तान्दछ भनेर थाहा हुन्छ। भाले नभई जीन जोगिन्न। जीन मास्न जस्तै फेमिनिष्टलाई पनि प्रकृतिले दिएको सर्भाइभलिस्ट कन्सियसले दिन्न। बच्चो उत्पादन गर्न असक्षमले त आफ्नोपनका लागि भनेर अनाथ हुर्काउँछन, उत्पादन गर्न सक्षमले नगर्ने भन्ने हुन्न। बेलामौका आएपछि र उचित भाले भेटेपछि सबै गल्छन, तातो कराइमा साग गलेजसरी।

ब्यै गर्दिनँ भनेर घुर्की लाउने भालेहरु पनि उचित पोथी देखेपछि लुरुक्क परेको देख्या छु। दुवैतिरका घामडहरु उस्तै हुन्।

कामेच्छा वा डेस्परेसनले मनमा डेरा हालेपछि जस्तै पनि राजी हुन्छन।

 

अब्जेक्टिफिकेशन, कन्टि-निउड

यति सबै भनेँ। मलाई सत्तोसराप गर्दै हुनुन्छ महिला मित्रहरु भने, यो सोच्नुस्: आजसम्म फिल्म वा विज्ञापन वा टिभीतिर वा पोर्नतिर कतिजना अभिनेत्री देख्नुभो जो राम्रा छैनन्? जसका स्तन र नितम्ब सोलिड छैनन्? मिडियाले यी कुरा बेच्नु भनेको आम मानिसले किन्ने भएर हो। कारण उही फेरि – बच्चो। “माधुरीसँग बच्चो जन्माउन पाए त आहाऽऽऽऽ!” भनेर भलै नसोच्लान तर “माधुरीजस्ती केटी पाए त आहाऽऽऽऽऽ!” भन्ने करोडमा उनान्-करोड हुन्छन होला। उसैगरी, केटीहरुले पनि कोइ केटा मोडल वा हिरो देख्दा हामी झुसेहरुलाई नि काँ बाल दिन्चन त। झ्याक्नी फुटबल खिलाडी, ऋषि कपुर्‍या छोरो, ब्रयाड पिडका बखान गरिरहेकै हुन्छन त सधैँजसो। यी आफ्नै अगाडि परे लल्याकलुलुक हुन्नन् होला? मेलिना मानन्धर मेरोअगाडि परिन् भने मै सुम्पिदिन्छु सर्वस्व। 😉 सबैले हेर्ने राम्रो हो, राम्रोमा नि भरपर्दो हो। ‘जसले दिन्च राम्रो बच्चा, उही हो/हुन मेरो/मेरी एकमात्र सच्चा’ – बायोलोजीको मूलमन्त्र।

त्यसमाथि, पुरुषको पनि अब्जेक्टिफिकेसन हुन्छ त टन्नै।

महिलाले पुरुषले कत्तिको संरक्षत्व दिन सक्छ भनेर बुझ्छन। हाइटी केटा, चुस्स दाह्री पालेको, दार परेको छ भने मास्कुलिन मानिन्छ; यस्ताले जहान-बच्चाको रक्षा गर्न सक्छन भनेर ठानिन्छ। कपाल ठडाउने, रोमान्टिक बन्ने खाले छ भने यसले मलाई र मेरो बच्चालाई माया गर्छ भन्ने सोच आउँछ। साइड-बाइ-साइड एउटा भुँडे र तक्लु अनि अर्को स्लिम र कर्ली जुल्फीवाला केटो ठडाउनुस्, र भन्नुस्, कुन सुन्दर छ? हेरम त कति केटीहरुले भुँडे+तक्लुको प्याकेज छान्दा रछन। हिपोक्रिसीको नि सीमा हुन्च त बाइ। बरु केटाहरु हाकाहाकी भन्चन, यो राम्रो त्यो नराम्रो भनेर। थप कुरा: महिलाहरु आफैँ भन्दछन – म त पुरुषहरुको अब्जेक्टिफाइ गर्दिनँ। ऊ स्मार्ट भए पुग्। बस्! स्मार्ट हुनु पनि त दिमाखी बनौटको कुरा हो। केटाको रङ्गरुप, स्ट्याटस, दिमागी चतुरता, आदि हेर्दा चैँ अब्जेक्टिफाइ नहुने?

कुराको सार के भने, अब्जेक्टिफिकेसन भयो भन्ने तर्क हावा हो। किनभने सबैले विपरित लिङ्गीको आकर्षण खोज्ने हो। यसरी हुन्छ उसरी हुन्छ, यसरी छानिन्छ उसरी छानिन्छ, यसरी फसाइन्छ उसरी फसाइन्छ….. आखिरमा सबैको एकमात्र लक्ष्य भनेको बच्चा उत्पादन नै हो। इभोलुसनले सिकाएको कुरालाई झारपात सामाजिक आवरणले छोप्न खोजिएको मात्र हो। हैन भन्नेजति नागा बस्नुस्, बाँझै बस्नुस्, मलाई बाल!

अनि अर्को कुरो: अब्जेक्टिफाइड, तर कामुक तवरमा, हुन मन लाग्छ पनि – दुवै केटा र केटीलाई। केटाहरुले लवाइबाट खासै सेक्स अपील देखाउन सक्दैनन् तर अरु झारे प्रयासहरु गर्छन नै। जस्तो कि, अनाहक मेस्कुलिनिटी देखाउन बौलाहाजसरी बाइक हुइँकाउने, केटीलाई नभको धाक लाउने, आदि गरिहाल्छन मौका पर्दा। केटा-केटी दुवैका बिहेका ड्रेसअप हेर्नुस्, मेला लाग्दाका ड्रेसअप हेर्नुस्। अचेल त मन्दिर जाँदाका पनि ड्रेसअप खुंखार हुन थालेछन केटीहरुको हकमा। हैन, जानीजानी त सेक्स अपील गर्दिनँ म भन्नुहुन्छ भने अर्कोचोटि त्यो पछाडि ह्वाङ्ग भको बुलोज लाउनुअघि अनि ब्यागी पइँटभन्दा टाइट पइँट लाउँदाको बखतमा जुज्दाइलाई सम्झिनु। 😉

 

गोरेपाटी र बाझाबाझ

कसैलाई मेरो कुरा पटक्कै चित्त बुझेन भने आउनुस् केरे बाझ्न। वा सेत्पाटीयाँ छपाए नि हुन्च। मरीलानु के छ र। नारीको दमन भो यो झ्यासको लेखमा भनेर पोले छपाउन नि सजिलो। आउनोस्, बाझौँ अनि बाचौँ। 😂😂😂😂

Advertisements

4 thoughts on “मायाको बारीमा घ्याम्पो जत्रो पेट

  1. Juju ji, I agree with most of the comments Gree Tea made (above) on your blog. As she said, the arguments you have presented here were once made popular by sociobiologists like E. Wilson, R. Dawkins. etc. Sociobiology, which has the same interpretation of human behavior as yours, is not even considered a serious/proper work today. It is wrong and perhaps funny also to claim that human choices, preferences and sentiments are driven by our innate biological desire to promote genes. Human life is complex, and the simplistic theory of sex cell counts fails to see how humans maneuver their place in society. Even seemingly biologically programmed animals aren’t as selfish as you have described humans are.

    I don’t want to comment on the use of language and choice of words. However, I think your interpretation of love is misleading. I thank Grea Tea for her sound comments.

    I hope you respect differences of opinion.

    Like

  2. Oh why, thank you for stopping by to read my “boring, biased, sexist” article that “lacks a proper language and clearly depicts” my “urge to garner attention.”!

    I am very thankful of you for giving me all the attention that I was so desperately seeking. 😁

    Like

  3. You’re clearly referring to the ‘Socio-biological Theory of Love’ here about the attraction to partners who produce healthy offspring. You have also stated that the sole purpose of life is food and children. I disagree with your claims.

    It looks to me like you have found enlightenment, by figuring out your purpose in life, that too, on the basis of some old theories. Theories are mere suppositions, or a result of experiments. Induction, Deduction and generalisation don’t work all the time. You might agree with these life theories, and others might not. And nobody can actually make an evident of their righteousness.

    If life was just food and kids, people without children would have all passed away. Same with people in poverty stricken countries.

    Now, about people commenting/staring at breasts (‘boobies’ for you), being a man, you would never understand the struggle women have to go through. And it because of people like you that the objectification of women continues.

    Remember the picture of two women in shorts for the first time in the world, in 1937? It even caused a car accident. And see where we’re now. Shorts aren’t big deal now. Time is changing. So is peoples’ thoughts about women and the trend of objectification of women.
    However, I believe men shown at workplace with suits on carrying work files in an objectification of men as well.

    Your article is boring, biased, sexist, lacks a proper language and clearly depicts your urge to garner attention. I wish you luck in presenting your ideas in a more sorted way and better use of language in future articles.

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s