मरेका मान्छेको माया लाग्दैन

 

बुखेनवाल्ड यातना केन्द्र

बुखेनवाल्ड यातना केन्द्र

कसैको कतै मृत्यु भएमा सामाजिक सञ्जालमा RIP (rest in peace) सन्देशहरु बगरमा बालुवाको संख्या भन्दा धेरै देखिन थाल्छन। मरेका मान्छेसँग नाता नभए पनि, कतैबाट केही चिनापर्ची नभएपनि केवल ‘मानवताका नाममा’ समवेदनाहरु पोखिन्छन। मलाई यस्ता समवेदनाहरु सस्ता लाग्छन। कृत्रिम लाग्छन। र मलाई थाहा छ, यो विचार बोक्ने म एक्लो हैन। अल्पमतमा परूँला, तर एक्लो चाहिँ पक्कै हैन।

कोही एक मान्छे हुँदैमा र त्यो एक मान्छे मर्दैमा त्यो अज्ञात मान्छेप्रति सहानुभूति राख्नैपर्छ भन्ने मलाई लाग्दैन। हुन त मान्छेले मान्छेप्रति ‘मानवता’ देखाउनुका पछाडि हाम्रो (मानव जातिको) दुःख-संघर्षको इतिहास प्रमुख कारण हो भनिन्छ। खास कारण के हो आफ्नै ठाउँमा होला, तर मरेका मान्छेप्रति देखाइने माया, सद्भाव, आदर साह्रै अप्राकृतिक लाग्छन। किनभने यी ‘हृदयदेखि उम्रेका सद्भावका टुसा’ अरु बेला – भन्नाले अरु प्राणीको दु:खमा – ज्यादै कम मात्र देखिन्छन। कसैले सोध्दैन थालमा मगमगाउँदो मासको दाल पछाडिको कथा; कसैलाई वास्ता छैन कुकरमा सिठ्ठी हानिरहेको खसीको आँसु; र कसैले बुझ्ने प्रयास गर्दैन त्यो १० डल्ला मःमः का यात्रा-वृत्तान्त।

Continue reading

Advertisements

मालिकको स्वागत गर्नुपर्छ

हाम्रो गाउँमा माओवादी द्वन्द्वको प्रत्यक्ष असर खासै परेन। गाउँमा माओवादी आएर लुटपाट गरेनन्। स्कूलमा बुर्जुवा शिक्षा नपढाओ भनेर कहिल्यै भनेनन्। स्कूलबाट ठिटाठिटीहरुलाई आफ्नो सेनामा भर्ती गर्न भनेर अपहरण वा बलजफ्ती पनि गरेनन्। घरका खसीबाख्रा वनतिर घिसारिएनन्। चन्दा चाहिँ मागे। सक्नेले दिए, नसक्नेले बाँकी रहेको ज्यान कहिले जाने हो भन्दै दिन गने (होलान)। तर प्रत्यक्ष असर खासै परेन।

तर प्रत्यक्ष असर गाउँमा नपर्दैमा सुरक्षित महसुस गरियो भनेर पनि भनेको हैन। पुलिसको गस्ती र सेनाले गरेको घर खानतलासीले तनाव दिन्थ्यो। राति पिसाब च्यापेर मुत्न उठेका सरलाई जेलमा थुनियो रे भनेर भोलिपल्ट सुन्दाको खबर; वनमा आगो बल्दा नि लौ गोली ताक्ने हुन कि अब भन्ने त्रास; केही नयाँ मान्छे देख्दा कान ठाडो हुने… यी यावत कुरा अरुले झैँ भोगियो। तर कुटाकुट र मारामार भएन; यो हिसाबमा द्वन्द्वले पोलिहालेन। तर यति मरे र उति मरे भन्ने खबर सुन्दा डर पलाउँथ्यो। मैनापोखरीमा घटना घटाएपछि त लौ अब ठूलो घटना घट्न दाङ, अछाम, रोल्पा नै नचाहिने रहेछ, यहाँ राजधानी नजिकैको काभ्रे भए पनि हुने रहेछ ज्यानमाराहरुलाई… भन्ने सोचेर डर त्यसै त्यसै बढ्थ्यो।

Continue reading