मालिकको स्वागत गर्नुपर्छ

हाम्रो गाउँमा माओवादी द्वन्द्वको प्रत्यक्ष असर खासै परेन। गाउँमा माओवादी आएर लुटपाट गरेनन्। स्कूलमा बुर्जुवा शिक्षा नपढाओ भनेर कहिल्यै भनेनन्। स्कूलबाट ठिटाठिटीहरुलाई आफ्नो सेनामा भर्ती गर्न भनेर अपहरण वा बलजफ्ती पनि गरेनन्। घरका खसीबाख्रा वनतिर घिसारिएनन्। चन्दा चाहिँ मागे। सक्नेले दिए, नसक्नेले बाँकी रहेको ज्यान कहिले जाने हो भन्दै दिन गने (होलान)। तर प्रत्यक्ष असर खासै परेन।

तर प्रत्यक्ष असर गाउँमा नपर्दैमा सुरक्षित महसुस गरियो भनेर पनि भनेको हैन। पुलिसको गस्ती र सेनाले गरेको घर खानतलासीले तनाव दिन्थ्यो। राति पिसाब च्यापेर मुत्न उठेका सरलाई जेलमा थुनियो रे भनेर भोलिपल्ट सुन्दाको खबर; वनमा आगो बल्दा नि लौ गोली ताक्ने हुन कि अब भन्ने त्रास; केही नयाँ मान्छे देख्दा कान ठाडो हुने… यी यावत कुरा अरुले झैँ भोगियो। तर कुटाकुट र मारामार भएन; यो हिसाबमा द्वन्द्वले पोलिहालेन। तर यति मरे र उति मरे भन्ने खबर सुन्दा डर पलाउँथ्यो। मैनापोखरीमा घटना घटाएपछि त लौ अब ठूलो घटना घट्न दाङ, अछाम, रोल्पा नै नचाहिने रहेछ, यहाँ राजधानी नजिकैको काभ्रे भए पनि हुने रहेछ ज्यानमाराहरुलाई… भन्ने सोचेर डर त्यसै त्यसै बढ्थ्यो।

र एकाएक युद्ध सकियो। अत्यन्तै दुर्लभ प्रचण्डको साक्षात फोटो पत्रिकाले छाप्न थाले। यी सरकारमा जाने भनेर चुनावको तयारी गर्न थालेपछि चाहिँ लगभग ढुक्क भइयो, जनचाहना बुझेर, रगतको छ्यापाछ्यापबाट अमन भएर अब यिनले राम्रो बाटो समाते। माओवादीले मारेका र सेनाले मारेका दुवैतर्फका गरेर लगभग १७ हजारको रगत खेर नजाने भो भन्ने लागेको थियो देशका सबैलाई।

तर निकै वर्षपछि, अहिले आएर, लाग्न थालेको छ कि यो सबै नाटक रहेछ। १७ हजार मर्नु-मारिनुमा भारत र यूरोपियन युनियन, र सम्भवत अमेरिकाको पनि स्वार्थसिवाय केही रहेनछ भनेर। पश्चिमा देशहरुलाई धर्म-प्रचार र सामाजिक उत्थानको ढ्वाङ रचेर देशमा विद्यमान सांस्कृतिक विभेदलाई गलत ढङ्गबाट चर्काउनुमा रुचि रहेको अहिले आएर प्रष्ट भएको छ। भारतको आँखा त परापूर्वदेखि नै पानीमा हो। पश्चिमाहरुले उठाएको द्वन्द्वको बिस्कुन सँगेल्ने जिम्मा पनि भारतले नै पाएको कुरा पनि झलझली नै देखिन्छ। जबसम्म हाम्रोमा अस्तव्यस्तता रहिरहन्छ, जबसम्म हामीले आफ्नो आत्मसम्मानमा विश्वास गर्न सक्दैनौँ, जबसम्म सहाराको लागि दक्षिणको भर परिरहनुपर्ने हुन्छ, तबसम्म भारतले मस्ती गरि नै रहनेछ। उसको प्रमुख अस्त्र भनेको नेपालीको मनोबल गिराउनु हो। मनोबल गिरेकाहरु एकीकृत हुन सक्दैनन्, आवाज उठाउन सक्दैनन्, र आफैँ केही राम्रो गरेर देखाउन सक्दैनन्। अनि प्रभुत्व कायम भैरहने पक्का छ। सुनिन्छ, माओवादीले बन्दूक बिसाउनुमा भारतको आदेश आउनुले हो। मुखर्जी एक प्रमुख पात्र थिए अरे यसको पछाडि। शायद बडे मालिककै आगमनको लागि होला, यता बहादुर नेताहरु घर बढार-कुँडार, सिँगार सबै भइरहेका छन। अझ, मालिक कजाउन जागिरबाट विदा लिएर र सारा देशलाई नै विदा दिएर मालिकको स्वागत गर्न भनेका छन। हग्न जाँदा मखमलको कट्टु भनेको यै होला।

स्कूल पढ्दा लाग्थ्यो – छापामार भनेका वनमा लुकेर बस्ने गरीबका प्रतिनिधिहरु हुन जसले शहरबजारका ठालु र स्व-घोषित सम्भ्रान्तहरुलाई कायल पार्छन। तर बुझ्दै जाँदा त छापामार भनेका भारतमा लुकेर बस्ने ती कपूतहरु रहेछन जसले भारतीय विस्तारवादको झण्डा बोकेर देशमा गरीब र सोझासादालाई कायल पार्नेहरु रहेछन। बाबुरामको दुष्ट सोचाइदेखि प्रचण्डको आचीले भरिएको दिमाग; शेरबहादुरको भारतीय पाउ-पूजनदेखि माकुनेको दासीय मानसिकता – सबैले यसैको पुष्टि गर्दछन। पहिले भारतविरुद्ध यति र उति बुँदे पर्चा छाप्ने नाटक, शेरेको ओपन फायर, शेरेकै संसद विघटन, मालिक भेट्न महिनामा धेरै पटक पूच्छर हल्लाउँदै दक्षिण झर्नु… सबै नाटक नै रहेछन।

र, यति सबै देख्दा-देख्दै पनि मिडियाका ठूलाठाला सोल्टीहरु कसरी भारतको गेडा मलेर खुशी पार्न सकिन्छ भनेर दिनोरात सोचिरहेको देख्दा, घाँटीदेखिको खकार निकालेर यिनको मुखभरि थुक्न मन लाग्ने गरी रिस उठ्दछ। हुन त कुकुरको जीउमा उपियाँ र सुँगुरको चाकमा किर्ना परेकोमा अनौठो मान्न नपर्ने हो… नेताले सिद्ध्याउन बाँकी रहेको कुत्तेका दानाको रयलपयल जुठो चाट्न पाइन्छ कि भनेर भरौटे सल्बलाउने नै भए। तर पनि, पढेका बुझेकाबाट पनि आशा गर्न सकिन्न भन्ने जब बुझिँदो रहेछ, तब रिसाउनु र बहुलाउनुबाहेक अरु केही गर्न सकिँदो रहेनछ।

भोलि भारतीय राष्ट्रपति आउँदा सार्वजनिक विदा दिनु शायद यो नाटकको अर्को स्मरणीय विन्दु हो। भुइँचालोले थिलथिलिएका मान्छेहरुलाई नाकाबन्दीमा घेरेर इन्तु न चिन्तु पारी घाउमा झीर रोप्ने भारत, र भारतसमर्थक मधेशी सडेगले लोग, र पहाडी राजधानीमा हैकम चलाएर बस्ने पाल्तु कुकुरहरुले जानाजान भारतकै स्वागत गरिरहेछन। भारतीय दूतावासले ‘कुत्तेका दाना’ नामकै शीर्षकमा अथाह पैसा निकासा गर्दासमेत आफ्नो तुरी देखिएको चाल नपाउने नेपाली नेताहरुले ती मरेका १७ हजारको रगतमा धर्धरी मुतिरहेका छन। हामी रमिते हेरिरहेका छौँ। थुतुनो चल्छ, अरु चल्दैन हाम्रो। यो लेखेर मनको भडास पोख्नु पनि यै लाचारीमै पर्दछन।

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s