थ्योरी अफ चाकोटिभिटी

 

आइएस्सी दोश्रो वर्षको कुरा हुनुपर्छ, चावहिलले भन्यो – निउटन गलत थियो।

निउटनको गुरुत्वाकर्षणलाई चुनौति दिँदै संसारभरका सयौँ, शायद हजारौँ, ले आ-आफ्ना विचार र तर्क प्रस्तुत गरेका छन। हाम्रै नेपाली वैज्ञानिकहरुले पनि गरेका छन। निचोरे ओठबाट दूध निस्कने उमेरका बालख हुन या कपाल आधा फूलेका प्रौढहरु, बेलाबेलामा निउटनलाई हाँक दिएर पत्रिकामा छापिइरहन्छन। हामीलाई मनोरञ्जन दिइरनहन्छन। जय होस् यिनको।

(हरेक वैज्ञानिक शोध, निष्कर्ष, तर्क आदिलाई चुनौति दिन पाइन्छ। चुनौति सफल भएमा पहिलेदेखि मानी आएका नियमहरु फेरिन्छन पनि। लडकीको उमेरजस्तो थोडी हो र नफेरिने…! )

त कुरा के भने, निउटनलाई चुनौति दिने शूरवीर खुद हाम्रै कक्षामा रहेछ; डेढ वर्षसम्म पत्तै पाइएन।

हँ? के आधारमा भन्छौ तिमी? – जनकपुरले सोध्या जस्तो लाग्छ। तिमी मुजीले हिजो गाँजा बढी तान्या थ्यौ कि के?

चावहिलले सटीक जवाफ दिएको थ्यो: बाल! तिमी सबै जाँठाहरु बिहान उठेर देउतालाई नमस्ते गर्छौ कि चाकलाई हेलो भन्छौ? दुनियाँ ग्राभिटीले होइन चाकोटिभिटीले चल्छ।

उसको मुख्य तर्क थियो: निउटनको ग्राभिटीले सबै कुरालाई तल तान्ला तर सबै कुरालाई तल तानिरहने र राखिरहने चाकोटिभिटीले हो। ग्राभिटीले तानेर र अडाएर मात्रै हुने हो भने बस्न किन पर्थ्यो! तिमीहरु १० मिनेट हिँडेपछि थाकेर बसौँ भन्छौ… १० मिनेट बसेर गाह्रो भो, अब हिँडौ भनेर कहिल्यै भन्छौ?

जे भन्यो सही भन्यो भन्ने लागिहाल्यो तुरुन्तै। साँच्चै नै, हाम्रो दैनिक कर्म-साधना-दौडधुप सबेरै उठेर चाकको आराधनाबाट शुरु भई राति खाटमा चाक बिसाएपछि मात्र सकिन्छ।

  • सबेरै उठ्दा पहिले चाकमा जीऊ अड्याइन्छ, अनि मात्र जीऊ ठडाइन्छ। हो कि होइन? त्यसैगरी, दिनको अन्त्य गर्दा पनि खाटमा पहिला चाक अडाइन्छ, अनि जीऊ लडाइन्छ। पूरै जीऊ तेर्साएर खाटमा हामफालिन्न।
  • चर्पीमा जे जे घटना घट्छन, चाक तथा चाककेन्द्रित अंगहरुले नै गरेर हो।
  • खानलाई बस्नैपरो त्यसपछि। काठको पिर्कामा होस् या खोस्टाको चट्टी या वनकर जसरी (लक्ष्मीप्रसाद देवकोटाका शब्दहरु) डाइनिङ टेबलमा तुन्द्रुङ्ग गोडा झुण्डाएरै किन नहोस्, चाक नअडीकन भातको सिता हामी कोही निल्दैनौँ।
  • अनि त्यहाँबाट पढ्न जाँन वा काममा जान जता हिँडे पनि बसमा सीट पाउन झ्यालबाट झोला घुसाएर सिट रिजाप गर्छौँ। यो तरिकाले काम गरेन वा अन्य कारणले सीट पाइएन तर लामो खाले सीट भको बस परो भने छेउमा चुसुक्क चाक अडाएर बस्छौँ पनि। अझ डाइबरको छेउको ईन्जिनको तातो आउने डिब्बामा बस्न पाए त झनै गजब! जे गर्छौँ, चाककै सुविस्ताको लागि गर्छौँ। लामो दूरीको बसमा पाए सीट, नपाए मुढा, त्यो नि नपाए भुइँमा बोरा ओछ्याएरै भए नि कति चोटि ओहोरो दोहोर गरियो, त्यसको लेखाजोखा गर्दा नि प्रमाणित हुन्छ कि ग्राभिटी भन्दा हामी स्वयं सबैको जीउको चाकोटिभिटी शक्तिशाली हुन्छ।
  • बसकै कुरा गर्दा माइक्रोको कुरा छुटाउन भएन। २ जनाको ‘साविक’ सीटमा ५ जना मजैले अटाइदिने खलेहरुलाई सलाम त छँदै छ। तर त्यस्तो सीटमा चाकको एक चौँथाइले पनि सीट नछोला, तैपनि अडिन्छ कि त भनेर चाक बसाउने हामी सबै पनि महान हौँ।
  • स्कूलमा बेञ्च, अफिसमा कुर्सी, पार्कमा घाँस, सडकमा रेलिङ, आदि सबले चाकै हो थाम्ने। स्याला दिमाग महत्वपूर्ण हुन्थ्यो भने हामी भारी टाउको/दिमागलाई बसाउँथ्यौँ होला… तर चाकै तेर्सिन्छ सबैतिर।

स्कूलको बेञ्च र चाकोटिभिटीको कुरा गर्दा जुज्दाइकृत एउटा प्रसङ्ग उल्लेख गर्नुपर्ने हुन्छ। हामी ९ बाट १० कक्षामा जाँदा स्कूलको बेञ्च फेरिदिए। १००% काठले बनेका पुरानाबाट फलेक काठका तर फ्रेम फलामले बनेका बिल्कुल नयाँ बेञ्च-डेस्कहरु। खासै गुनासो त गरिएन शुरुको २-४ दिन। नयाँ बेञ्च पाएर हामी सबै दङ्ग थ्यौँ। पुराना साना बेञ्चहरु अलि साना साइजका भएर घुँडा ठोक्किन्थे; कहिलेकाहिँ मक्किएर भाँच्चिन्थे। नयाँ बेञ्चलाई यो अर्थमा नि स्वागत गरियो कि यी नयाँ, बलिया, र फराकिला थिए। तर मेरो खुशी धेरै टिकेन। कर्मीले स्कूलको हेडमास्टरलाई नयाँ काठ भिडाएछ हेर्नोस्। हाम्रा बाउहेरलाई ठग्न खप्पीस हेडसरजीलाई कर्मीले नयाँ, राम्रो काठ भनेर लुट्पुटाइदिएको हुनुपर्छ। नयाँ भन्नाले केही हप्ताअघि मात्र काटिएका जस्ता लाग्ने चिसा र रसिला फलेकहरु। मेरा चाक तथा पेट अलि ‘सेन्सिटिभ’ फेरि पहिलेदेखि नै। चिसोले छोयो कि नरेन्द्र मोदी विदेश गएभन्दा धेरै चर्पी जान पर्ने हुन्थ्यो। बहुत पीडा भयो नि केही दिन त। जुत्ता खोलेर बेञ्चमा राखेर तीमाथि चाक बसालेर पनि गुजारा चलाइयो केही दिन। तर यो उपाय सष्टेनेबल नहुने देखेकाले अर्को हप्तादेखि घरा’ट चकटी बोकेर आइयो जो। जिबाले किनेका हाप दर्जन नयाँ चकटीमा एउटा सधैँ स्कूल बोकेर गएँ म एसएलसीका लागि विदा नभएसम्म। विद्या ढाँट्या हैन। मास्टरले नदेखेका हैनन्, फिस्स हाँसे, तर कार्वाही गरेनन्। यसरी चाकोटिभिटीले निम्त्याएको गम्भीर परिस्थितिको समाधान कुटिलतापूर्वक गरियो।

  • ग्राभिटेशनल पुलभन्दा शक्तिशाली चाकोटेशनल पुल हो। कुइन्सले थाहा पाएरै गाएका हुन: फ्याट बटम्ड गल्स, यु मेक द रकिङ वर्लड गो राउन्ड! पृथ्वी घुम्न ग्राभिटी चाहिन्न भनेर यसरी प्रमाणित हुन्छ।
  • हाम्रो शरीरको बनौट हेर्ने हो भने पनि अधिकांश समय बसेर काम गर्नका लागि बनाइएको जस्तो लाग्छ। बस्दाखेरी ठडिएर बस्नलाई नै भनेर, र यसरी बस्दा गह्रुँगो टाउको थाम्नका लागि भनेर मेरुदण्ड छ। र बसेको बेलामा सारा जीऊको भागको बोझ थाम्नलाई बनेका २ चुच्चा हड्डीलाई ‘सफ्ट ल्याण्डिङ’ दिने चाक (मांशपेशी) ले हो।
  • लौ न, भनौँ नै त भने, निउटनले ग्राभिटी पत्ता लाउनुमा चाकोटिभिटीको ठूलो देन छ। यो कुरा धेरैलाई थाहा छैन। तर सोचौँ, चाक नहुँदो हो या चाकोटिभिटीको अस्तित्व नहुँदो हो त के उनी त्यो स्याउको रुख मुनि बस्न पुग्थे/सक्थे होलान?? त्यसो नहुँदा ग्राभिटी उनीबाट परिभाषित हुने सम्भावना अति नै क्षीण हुन पुग्थ्यो।
  • तपाईँले अहिले यो पढिरहँदा पनि चाकोटिभिटी लागेको छ भन्नेमा जुज्दाइ ९९% विश्वस्त छ।

त्यसैले सक्दो शेयर गरेर चाकोटिभिटीबारे सबैलाई सुसूचित बनाऔँ। चाकोटिभिटीलाई राम्ररी चिनौँ र आउनुहोस्, चाकलाई माया गरौँ।  🙂

र, चाकोटिभिटीका प्रत्युदपादक श्री चावहिल सोल्टीलाई उचित पहिचान र सम्मानको व्यवस्थाको लागि पहल गर्न सरकारलाई दवाब दिऔँ।  😉

Advertisements

One thought on “थ्योरी अफ चाकोटिभिटी

  1. निम्न चाकम् सुलुत्त मध्यम चाकम् पुटुक्क उच्च चाकम् भयंकरम्
    सर्वे चाकानि चक्षुप्रियम् सुखमार्गे प्रदर्शयेत चाकम् शरणम् सर्वदा।।
    बिहान उठेर पेट खालीक्रिया गर्दा यो मन्त्र जप गरे चाकसुख प्राप्त हुन्छ भनेर जानकारहरु भन्छन्।

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s