टिनएज डायरिज्

आज म मेरा र मेरा केही दाइहरुका एकाध रमाइला अनुभव लेख्दैछु।

मैले सम्पूर्ण लिङ्ग र उदाङ्ग योनिको चित्र पहिलोपटक आठ कक्षामा देखेको। हेल्थ यान्ड साइन्सको अङ्ग्रेजी किताबको लगभग बीचतिर थए दुवै चित्रहरु। लिङ्गसँग हल्काफुल्का परिचित नै थिइयो भनौँ न, तर योनिसँग परिचित त इस् हुनु र, सपना नि देखिन्न थियो। मन नलागेर हैन कि, कस्तो हुन्छ भन्ने नै थाहा नभएर। जस्तो कि, जन्मजात अन्धो व्यक्तिले एउटा साइकल कस्तो हुन्छ भनेर वर्णन सुनेको हुन्छ तर उसको कल्पनाले हामीले देखेजस्तै साइकल देख्ला र? हो त्यस्तै। मने, देखिन्थ्यो, कल्पिइन्थ्यो पनि तर के देखिन्थ्यो र के कल्पिइन्थ्यो खै सम्झना छैन।

गङ्गा सरले पढाउनुहुन्थ्यो त्यो क्लास। त्यो र पिटि (Physical Training??) सँगै पढाउनुहुन्थ्यो। खै पूर्वको कुन जिल्लाबाट बसाइँ सरेर आउनुभएको थियो… साह्रै खरो तर हँसिलो, फरासिलो। कथमकदाचित् उहाँलाई स्कूलबाहिर भेटे लाज र डरले लुत्रुक्क परेर बाटोको अर्कै किनार समातेर लमकलमक भागिन्थ्यो। तर यस्ता सर पनि त्यो जनेन्द्रियको अध्यायमा पुगेपछि शिथिल हुनुभो। अरुबेला कक्षाको बीच भागमा (एकातिर केटा बस्ने बेञ्च र अर्कोतिर केटी बस्ने बेञ्च मिलाएर हाम्रो कक्षाकोठा २ भागमा बाँडिएको थियो) ओहोरदोहोर गर्ने उहाँ त्यो अध्यायभरि नै हुनुपर्छ, ब्ल्याकबोर्डको अगाडि ठिङ्ग उभिएर किताबमा आधा मुख गाडेर ‘लाइन-बाइ-लाइन’ पढ्नुभयो। लगभग यसरी नै त्यो अध्याय सकियो। मनमा कम्ता चुकचुक र नमज्जा लागेको हैन; कारण भनिरहन नपर्ला।

तर त्यो कक्षामा एक ज्यादै रमाइलो घटनाको साक्षी पनि भइयो, जसका कारण त्यो अध्याय दिमागमा ताजै रहिरहेको छ। अब केही नगरी सररर पढेर मात्रै त्यो अध्याय सिध्याइदिन नि भएन भन्ने सोचेरै होला गङ्गा सरले एकदिन मन दह्रो पारेर ‘आज लिङ्गको चित्र बनाउने लु’ भन्नुभो।

हाम्ले किताब खोल्यौँ, पाना पल्टायौँ। उतापट्टि केटीहरु खितखित गर्दैथे, यता हामीहरु दङ्ग म्यामपाखा! म बसेभन्दा पछिल्लो बेञ्चमा लामा थरधरी ज्यादै चिल डिउड बस्तो। मायाले उसको ‘निक नेम’ लाम्फू राख्द्या थ्यौँ। किन पनि भन्दा स-साना कुरामा नि अति-उच्च स्वरमा गललल्ल हाँस्दिने, अनौठा अजीबलाग्दा कुरा गर्ने, र सधैँ नै हँसिलो मान्छे। कक्षामा सबैभन्दा पहिले चित्र उसले बनाइसकेछ, एक्कासी जुरुक्क उठेर के भन्छ:

‘ओई मेरो त कत्रो ठूलो भो!!’

एक-डेढ सेकेण्ड लाग्यो शायद हामीलाई परिस्थितिको गाम्भीर्यता मापन गर्न। तर तत्कालै गङ्गा सरदेखि लिएर हामी सब मूर्छा पर्ने गरी हास्यौँ हेर्नुस्। आठ कक्षाका त विद्यार्थी। सबैका जुँगाका रेखी बस्तै गरेको उमेर। के निउँ नै चाहिन्थ्यो र हाँस्न, त्यो कुकुरको पूच्छर बाङ्गो देखेर र हाँसो उठ्ने उमेरमा। अनि लाम्फू केटीहरुमाझ चाँडै नै फेमस भयो त्यसपछि। तर खेदको कुरा, ‘आज योनिको चित्र बनाउने’ भनेर गङ्गा सरले कहिले भन्नुभएन।

=== xxx === xxx === xxx === xxx

सम्पूर्ण लिङ्ग र उदाङ्ग योनिको चित्र आठ पढ्दा मात्र देखे पनि पोर्न भने अलि अघि नै हेरियो। रमाइलोका कारण हैन, यत्तिकै, समय नै त्यस्तै परिदिएर। खासमा पोर्न के हो बुझ्ने उमेर पनि थिएन त्यो। ५ कक्षामा त पढ्थेँ। मेरा बाका एकजना मामा मैले जानेदेखि नै खुंखार सेठ थिए। उबेलैमा (२०५० साल वरपर) खाल्डोमा यामानको पाँचतले घर, रङ्गीन टिभी, फ्रिज, डेक, गाडी, घरमै २-३ गाई पालेका, ह्यान-त्यान, कुरा नगरौँ। जेठो भाञ्जोको जेठो छोरो, मलाई बहुत माया गर्थे बुडा। बुडाका कान्छा छोरा चाहिँ अलि बढी नै उटपट्याङ। म ५ कक्षामा हुँदा यी काका ११ या १२ मा थिए जस्तो लाग्छ। म बूढो मावल गएको बेला (प्राय विदा या शनिवार पर्थ्यो) काका लुगा फेर्दै, मगमग बसाउँदै आऐर सोध्थे – भतिज! यो जुत्ता स्वाको छ मलाई? यो चश्मा कस्तो छ? आदि इत्यादि। डेटिङको तयारी हजुर डेटिङ। तर साह्रै कुल पनि थिए है यी काका। मेरा फेब्रेट।

एकदिन दिउँसो म र जेठा काका टिभीमा फिलिम हेर्दै थियौँ। कान्छा काकाले एउटा चक्का हातमा नचाउँदै ल्याए र भने – ‘अब यो हेरिन्छ मुजी हो।’

फिलिम लगाए। हिजो मात्र देखेझैँ गरी त्यो घटना अझै नि झलझल याद छ, विद्यानाश। एउटी मटी-मटी भारतीय अधवैँशे महिला सेतो भ्यानमा आइन्। रूखमुनि छहारीमा बसेको अरिमठ्ठे जुँगा पालेको उस्तै मटे र उमेरदार पुरुषलाई हेरेर भ्यानमा आइज भन्ने ईशारा गरिन्। पुरुष भ्यानमा चढ्छ। अर्को सीनमा कुनै कोठामा हुन्छन दुवैजना। लुगा फुकाल्छन, र कार्यक्रम चल्दछ। पार्श्व गायन पनि छ, श्वेता शेठ्ठी र बाबा सेहगलले गाएको, ए. आर. रेहमानले संगीत भरेको ‘रोजा’ चलचित्रको ‘रुकमिनी रुकमिनी शादीके बाद क्या क्या हुआ’ गीत।

अनि काका कस्ता धुन्धुकारी त भने, बाहिर कौसीमा हजुरआमा (काकाकी आमा) लगायत केही नारीहरु बिस्कुन सुकाइरहेका, मेहन्दी लगाइरहेका थिए।

जेठा काका, शायद औपचारिकताको लागि मात्रै होला, भन्दैथिए – ‘ओइ कान्छा, के लाइस् यस्तो। बन्द गर् त! यस्तो नहेरौँ त, भतिज यीँ छ। बाहिरकाले देखे भने मार्छन।’

कान्छा काका चैँ टिभी नजिकै बसेर, मख्ख परेर ‘पख् न पख्’ भन्दै, खितिखिति हाँस्दै, टिभी हेर्दै।

म विचरो न केही बुझ्नु… अचम्म लाग्यो टिभीमा तिनको चर्तिकला देखेर चैँ। धेरै पछि मात्र (८-९ कक्षातिर पुगेपछि) गिरिश र प्रनिलको खै कुन गीतमा हो ‘वान आवर अप यान्ड डाउन इस नट इन्ट्रेष्टिङ’ शब्दको मर्म बुझेँ।

=== xxx === xxx === xxx === xxx

तर जानेरै बुझेरै पोर्न धेरै पछिसम्म हेरिएन। १२ कक्षामा पुगेपछि मात्र। नपत्याउनेले नपत्याउन पाइन्छ तर कुरो यै हो। १२ मै किन त? हेर्नपर्छ, हेर्दा रमाइलो हुन्छ भनेर दिमागमा बीऊ साथीहरुले नरोप्दिएकाले। दोष त सबै साथीहरुकै हो हेर्नोस्। ;))

विदाको दिन पारेर भक्तपुरका २ जना केटा मेरो गाउँ, घर घुम्न आए। बिहान भात खाइयो अनि यता उता डुल्दै वनतिर लागियो, गुराँस फूलेको समय जो थियो।

तर पहिले एउटा प्रसङ्ग। २ जनामा एउटा क्षेत्री (यसलाई ‘ए’ भनौँ) र अर्को नेवार (यसलाई ‘बी’ भनौँ) थियो। मलाई (र मेरा मातापितालाई पनि) त जात भुत्रै हो, तर घरमा हजुरबा-हजुरआमालाई अलि पच्थेन। एकचोटि विदेशीहरु आएर भान्सामा भात खाए भनेर जीबाउ उत्पातै फाएर भए। भात खान चूल्हामै उक्लेनन् बुडा। २-४ दिन रिसले बुडा अघोरै हुञ्जेलसम्म बुडाको कोठामै खाना डेलिभरी गर्ने डिउटी मलाई देका थे। हाहा।

त त्यो दिनमै फर्कौँ। दोइजनाले मेरै छेउमा बसेर भात खाए, जुठेल्नोमा चुठे, अनि हामी बाटो लाग्यौँ। पछि घुमिसकेर उनीहरुलाई बससम्म पुर्‍याएर म फर्केपछि आमा (हजुरआमा) के भन्नुहन्छ:
‘त्यो तँजत्रै केटो त नेवार हो कि के?’

यो बेलासम्म मलाई म बाहुन, त्यो (बी) नेवार भन्ने परेको थेन है। खासमा आमाले त्यसरी सोच्नुहोला भनेर पनि चिताइनँ। तर उहाँ आफू हुर्केको परिवेश र संकुचित विचारले नै त हो, मैले साथीलाई चूल्होमा बसाएसँगै उसको जातले मन भतभती पोल्या रैछ बरा बूढीमाउको। सबै साथीहरुको अगाडि केही भनेमा र आफू गलत भएको खण्डमा हुने शर्मको कारणले नभन्नुभएको मात्र।

मैले भनेँ:
‘हैट केका नेवार हुनु नि। त्यसको थर त अधिकारी हो। अँ, आमा चैँ नेवार नै हो।‘

बरा बूढीमाउ अक्क न बक्क पर्नुभो। आधा नेवार त रैछ नै तर बाउ नै बाउन, त्याँमाथि थर अधिकारी!

‘जनै लाउँछ?’
‘लाउँछ।’

आमा विश्वस्त हुनुभो र कुरो सेलायो।

तर ढाँट्न त पूरै ढाँटियो नि… भरे फेरि आमैले हजुरबाउलाई कुरा लाइदेलिन् र बुडाले उत्पात गर्लान् भन्ने डरले। खासमा प्रजापति थर उसको। जनै त झन इस् लाउनु र। ११-१२ पढेदेखि अहिलेसम्म नै हामी ज्यादै घनिष्ट साथी छौँ।

रसरङ्गकै कुरा गरौँ अब। खाना खाइवरी हामी ३ भाइ वनतिर गयौँ। रुख चढियो, फूल टिपियो, गुराँस खाइयो। उन्यूको आन्द्रा फालेर बनाएको पाइपले गुराँसको मीठो nectar नि मस्त पिइयो। अनि चौरमा बात मार्न बस्यौँ।

टिनएजका ३ जना केटाहरुले कुरा गर्दा केटी, यौनको कुरा निस्कनु सामान्य नै भयो। ए केटोलाई केटीहरु खुब जिस्काउँथे (सोझो त थिएन, तर उबेला अलि अनौठो र awkward थियो)। त्यो कुरा झिक्दा म त्यसलाई ठीक पार्छु, मैले जान्या छु भन्थ्यो। तर केही गर्न त ह्याउ हुनु नि परो।

यत्तिकैमा ए के भन्छ: ‘म त विदाको दिनमा घरमा एक्लै छु भने ७-८ चोटिसम्म मास्टरबेट गर्छु।‘
‘हैन होला। त्यति गर्नी त स्ट्यामिना नि हुँदैन।‘ जिग्री बीले पत्याएन।

‘हो के। म एकदमै गर्छु। पामेला यान्डरसन हेर्दै गरेपछि सक्छु म त।‘ त्यै बेलातिर उनको पोर्न भिडियो लिक भएको थियो क्यार। ‘तिमीहरुलाई चाहिन्छ भने म भोलि ल्याइदिन्छु।‘ पनि भन्छ बा।

‘पोर्न हेरे पनि १-२ चोटि त हो, धेरै त सकिँदैन, दुख्छ।‘ भन्छ बी।

अब पालो मेरो। म चूपचाप। आफ्नो त्यस्तो कुनै अनुभव थिएन।

मैले भनेँ – ‘मैले गर्‍या छैन त्यसरी।’

मुजीहरुले पत्याएनन्। तर मैले ढाँट्न पर्ने कारण केही थिएन।

एले भनो – ‘तिमी गरिहेर यार। म्याजिकल हुन्छ। म भोलि खुराक ल्याइदिउँला बरु।’

लामो कुरा बिट मारौँ… जब मैले पहिलो चोटि हेरेँ, तब लाग्यो, साला मलाई साथीहरुले यो कुरा पहिले नै किन भनेनन्। वा म उल्लुले अहिलेसम्म किन कुरेछ। हाहाहा।

वनमै उसले (ए) हल्काबौत खोकेथ्यो पनि:
‘म त पढ्न सकिनँ भने पोर्नस्टार बन्ने हो। पोर्नमा देखाउनेको भन्दा त मेरै तुरी ठूलो छ।‘

अहिले ऊ के गर्दैछ थाहा छैन। ऊसँग कुरा नगरेको लगभग ६-७ वर्ष नै भैसक्यो होला। तर मलाई थाहा भएअनुसार गेम बनाउने टिमका लागि कोड लेख्थ्यो।

[र कसैलाई खुल्दुली भएमा: उसले सामाग्री ल्याउन त ल्याइदियो तर सोल्टी त टन्नै हेन्टाइ सेन्टाइ नि हेर्दो रैछ। आ-आफ्नो रुचि होला, तर कार्टुन हेरेर त खै के उपलब्धि र… ;पी]

=== xxx === xxx === xxx === xxx

डेकमै देखाइने नीला चलचित्र हेर्न चाहिँ म कहिले पनि दौडिनँ। खासमा यसको जमाना हुँदा म ज्यादै सानो थिएँ। मतलब – दाइहरु आफ्नो गुच्चा खेल्ने उमेरमा म बल्ल शीशाको गुच्चा खेल्न सिक्दै थिएँ। तर मामाघरमा दाइहरु ग्याङ बनाएर जान्थे हेर्नलाई। पारि गाउँमा हेरेको, एकजनाको २५ रुप्याँ। वा, आफ्नो ग्रुप छ भने आफ्नो ग्रुपसँग मात्रै बसेर हेरेको चैँ ४-५०० सय कि त्यस्तै केही। उमेर नै त्यस्तो है।

दाइहरुले फिल्म हेर्न जाने भनेको थाहा पाएपछि बा (हजुरबा) मलाई नि लैजा भन्नुहुन्थ्यो। बरा हाम्रा बा साह्रै सरल, उहाँलाई के थाहा। दाइहरु मलाई पसलसम्म पुर्‍याएर १ रुप्याको बरफ किनेर घर जा भन्थे, म दङ्ग! दाइहरुका कोड शब्द हुन्थे, पोर्न हेर्न जाने भन्ने। आफ्ना ग्याङले मात्र बुझ्ने। म दाइहरुको पूच्छर भएको साइँसुइँ सुन्थेँ, तर पूरै कुरामा सामेल गराउन्नथे। एउटा कोड चाहिँ ‘छालाको चप्पल किन्न जाने’ भन्ने हुन्थ्यो। गाउँकै पसलमा छालाको चप्पल नपाइने (महँगो भएर)। त्यसैले कैले एउटाको त कैले अर्कोको चप्पल किन्न दाइहरु घरबाट उछिट्टिइरहन्थे। एडभेञ्चर हुँदो हो दाइहरुलाई! 😀

ट्विटरकै एकजना दाइले भर्खरै पनि भन्नुभयो: होस्टेलाँ बसिन्थ्यो, खासै मेसो नमिल्नी हेर्नलाई। त्यै भएर विदाको दिन नजिकैको गाउँमा गइन्थ्यो। त्यहाँ गाँजा चुस्स तानेपछि, अनि रित्याएका डबका जीउमा चढेपछि नजिकैको बजारतिर फरार भइन्थ्यो पोर्न हेर्नलाई। एकदिन चैँ गाउँका पिशाचले होस्टेलाँ पोल लाइदेछन र गुरुबाले नराम्ररी रामधुलाई गरे। तर “राती हाम्ले नि कम्बल ओढाएर हग्ने हाड भाँचिनेगरी ठोकेम्” भनेर किस्सा सुन्न पाइयो। रमाइलो गाँठे रमाइलो उरन्ठेउलो कामकार्बाही गर्न त।

डसनामुनि लुकाएका डिभिडि, एक्सटर्नल हार्ड ड्राइभमा राखेर उक्त ड्राइभलाई बिरालोले आची लुकाएभन्दा बेसी दिमाग लाएर लुकाउनुपर्ने बाध्यता, आदि पनि आफ्नै ठाउँमा छन।

डसनाकै कुरा गर्दा १२ पढ्दाको एउटा साथीले भन्थ्यो: हेर्, नेपाली गतिविधि हेर्ने भनेर ६०० हालेर सिडि किनेर ल्याइयो। भरे सबै गतिविधि सिरकमुनि पो गरे। बिल्ला रैछ।

ट्विटरकै अर्का एक दाइले ‘छालाको चप्पल किन्न’ गएको अनुभव यसरी सुनाउनुभयो:
‘गाउँका स्कूले साथीहरुले महाभारत हेर्न जाने भन्थे। साथीहरु लाठे थे, म उनीहरुको दाँजोमा अलि सानै देखिन्थेँ। ६ कक्षा सकिन लाग्दाको कुरो। लौ त भनेर एकदिन स्कुल सक्किएपछि महाभारत हेर्न हिँडियो, हुल बाँधेर। बजार निर एउटा माटोले बनेको घर भित्र छिराए यिनले। चप्पल चैँ बाइरै राखेर। अब महाभारत हेर्न जाँदा छालाको जुत्त-चप्पल लाएर कोठा छिर्ने कुरो पनि त भएन। अँध्यारो कोठाभित्र १४ इन्चको श्याम-श्वेत टिभी हुनुपर्छ, त्यसाँ महाभारत चल्दै रछ। दर्शकहरु नि राम्रै संख्यामा थिए जस्तै लाग्दै थियो। तर म पुग्दा कथा राम्रैसँग शुरु भैसकेको, अनि कोठा पनि  अँध्यारै भएर खासै मेसो पाइनँ। कति छन, कस्ता छन, को को छन केही पत्तो पाइनँ। मस्त महाभारत हेरिसकेपछि सबै बाइर निस्के। म नि आँखा मिच्दै निस्कँदैथेँ तर त्यति बेला नराम्ररी फसेँ जब बाहिर हाम्रो गणित पढाउने नयाँ सरलाइ पनि त्यहाँ देखेँ! सरले पहिले कुलेलाम ठोके कि मैले, त्यो त्यति याद छैन तर त्यो साल गणितको हरेक जाँचमा भने टप ५ भित्र परिरहियो, महाभारतको कृपाले!!’

=== xxx === xxx === xxx === xxx

अरु खासै थप्नु केही छैन। टिनएज डायरिज सबैका आ-आफ्ना रमाइला किस्साले भरिएका छन। सबै (अधिकांश) ले पोर्न हेरेका हुन्छन। अन्य गतिविध नि गरेका हुन्छन। मेराभन्दा सयौँ गुणा अरुका आ-आफ्नै अनुभूति र रमाइला बयान पनि होलान। हामी धेरैका यस्ता कैयन् किस्साहरु छन, जुन यहाँ भन्न र लेख्न अलि मिल्दैन पनि।

लौ त, यति भन्दै हस्त जदौ, धन्नेबात।

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s